जुनियर च्याम्पियनसिपमा सहभागी हुने पौडी टोलीलाई बिदाई

पोखरा स्पोर्टस । इजरायलको नेतन्यामा आयोजना हुने वर्ल्ड अक्वाटिक वल्र्ड जुनियर स्विमिङ्ग च्याम्पियनसिप २०२३ मा सहभागी हुने भएको छ ।  नेपाली पौडी टोलीलाई आज एक कार्यक्रमका विच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले शुभकामना सहित बिदाई गरेका हुन् ।

टोलीलाई बिदाई गर्दै सदस्य सचिव घिसिङ्गले खेलाडीले पुरानो इतिहासलाई हेरेर रमाउने नभइ आफैले नयाँ इतिहास कोर्नु पर्ने बताए । घिसिङ्गले खेलाडीहरुका लागि सहज बातावरण श्रृजना गर्न आफु हर समय लागि परेको बताए ।

यहि भाद्र १८ देखि २३ गते सम्म आयोजना हुने च्याम्पियनसिपमा सहभागी हुन जाने टोलीको ब्यवस्थापकमा जेनीफर लामा र प्रशिक्षकमा पौडीका प्रमुख प्रशिक्षक शंकर कार्की रहेका छन् । यस्तै खेलाडीहरुमा अजलकाजी ताम्राकार (५० मिटर बटरफ्लाई र फ्रिस्टायल), इरभिन श्रेष्ठ (१०० र २०० मिटर फ्रिस्टायल), अल्भिन महर्जन (५० मिटर बटरफ्लाई र १०० मिटर फ्रिस्टायल), उपास्ती महर्जन (५० र १०० मिटर ब्रेष्टस्ट्रोक), रोशा न्यौपाने (५० र १०० मिटर फ्रिस्टायल) र टिशा महर्जन (५० मिटर ब्याकस्ट्रोक र १०० मिटर फ्रिस्टायल) रहेका छन् ।

बिदाई कार्यक्रममा संघका अध्यक्ष अशोक बज्राचार्य लगायतको उपस्थिती रहेको थियो । नेपाली टोली भोलीे इजरायल तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close