
पोखरा स्पोर्टस । गण्डकी प्रदेश भलिबल टिमलाई दल बहादुर श्रीस ‘राना’ले जर्शी प्रदान गरेका छन् ।
उनले बिहिबार पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा पुगेर टोलीलाई जर्शी हस्तान्तरण गरेका हुन् । निर्माण व्यवसायी समेत रहेका बागलुङका श्रीसले जर्शी हस्तान्तरण गर्दै टिमले उत्कृष्ट प्रदर्शन गर्न सकोस भन्ने शुभेच्छा सहित सानो उपहार दिएको बताए ।
उनले भने–“यो मेरो सानो उपहार टिमका लागि हो । गण्डकी प्रदेशको भलिबल टिमले लामाचौर कपमा उत्कृष्ट प्रदर्शन गर्न सकोस भन्ने सुभेच्छा र उच्च मनोबलका लागि जर्शी दिएको छु ।” यस अघि पनि गण्डकी प्रदेश भलिबल टिमका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्दै आएको उनले बताए ।
आफनो निर्माण कम्पनी हिल साइड कम्पनीको तर्फ़बाट जर्सी टीम गण्डकीलाई दियको बताउँदै उनके भने-“गण्डकी प्रदेश भलिबल टिम अन्य क्लवहरु भन्दा निकै भिन्न र उच्च पदर्शन गर्न सक्ने क्षमता भएका खेलाडीहरुको टिम रहेको छ म सबेलाई आ-आफ्नो तर्फबाट टिमलाई सहयोग गर्न आह्वान गर्छु ।”
उनले टिमलाई गरेको सहयोग प्रति मुख्य प्रशिक्षक रमेश केसीले आभार व्यक्त गरेका छन् ।
गण्डकी प्रदेश भलिबल टिम यति बेला पोखरामा यहि भदौ ३० गतेबाट सुरु हुने लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगिताको तयारीमा छ । गण्डकी प्रदेश भलिबल संघले केही भदौ ८ गतेबाट बन्द प्रशिक्षणमा रहेर प्रतियोगिताको तयारी गरिरहेको छ ।
हरि पाण्डेको कप्तनीमा रहेको गण्डकी प्रदेश भलिबल टिममा नवलपुरका सरोज वर्देवाले डेब्यू गर्दैछन् । त्यस्तै अर्का खेलाडीहुन कास्कीका विजय परियार । उनी दोश्रो पटक गण्डकीका लागि खेल्दैछन् । उनी यस अघि किङ्स कपमा सहभागि थिए ।
त्यस्तै गण्डकी प्रदेशको टिममा जिवन सुनार, रवि केसी, किरण गुरौ, हिमाल सुनारी, इन्द्र विक, सन्तोष राना, सुजन चोख्याल, विवश आले, घनश्याम चौधरी र कुन्जन शाही रहेका छन् ।