लुम्विनी प्रदेश ब्याडमिन्टन संघको भेला, माइन्युटमा मिति नै छैन

पोखरा स्पोर्टस । नेपाल व्याडमिन्टन संघले लुम्विनी प्रदेश भेलाको गठनका लागि गरिएको माइन्युटको मिति नै गायव छ ।

लुम्बिनी संघ गठनका लागि भेला समेत माइन्युटमा २०८० भदौ उल्लेख भए पनि मिति उल्लेख नै नभएको हो । स्वयं संघका तदर्थ समितिका संयोजक रामजी बहादुर श्रेष्ठ सहितको केन्द्रिय टोली उपस्थित रहेको भेला र उनकै अध्यक्षतामा सम्पन्न भेलाको मिति नै उल्लेख नभएको माइन्युट सार्वजनिक भएको छ । माइन्यूट श्री गणेशबाट सुरु भएको छ भने शिदार्थनगर पालिका वडा नं ३ उल्लेख छ । 

नेपाल ब्याडमिन्टन संघमा भइरहेको विवाद र खिचातानी कै विच केन्द्रिय अधिवेशन सम्पन्न गर्न विभिन्न प्रदेशमा भेलाहरु सम्पन्न गर्न स्वंय तदर्थ समितिका संयोजक श्रेष्ठ सहितको टोली यति बेला देश दौडाहमा रहेको छ । लुम्विनीमा सम्पन्न भेलामा प्रदेश खेलकुद परिषद लुम्विनीका सदस्य सचिव जय प्रकाश भट्टराई समेतको उपस्थिती रहेको छ ।

ब्याडमिन्टन संघमा भएको बैदेशिक सहयोगको अनियमितता लगायतका विषयमा समेत चर्को आवाज उठ्दै आएको बेला राष्ट्रिय खेलकुद परिषदले श्रेष्ठलाई नै तदर्थ समितिको संयोजक तोकेर संघ जिम्मा लगाएको छ । तदर्थ समितिले जिल्लाहरुको अधिवेशन गरि प्रदेशको समिति गठन गर्नु पर्नेमा उल्टो गतिमा हिँडेको भन्दै संयोजक श्रेष्ठ विरुद्ध आवाज उठाएका छन् । 

लुम्विनीमा सम्पन्न भेलामा रुपन्देही, पाल्पा, दांग, अर्धाखाँची, कपिलवस्तु जिल्लाका अध्यक्ष तथा प्रतिनिधीहरुको उपस्थिती रहेको माइन्युटमा रहेको छ भने बाँके जिल्लाको भने उपस्थिती छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close