महिला फुटबल टोलीलाई किट्स ब्याग प्रदान

पोखरा स्पोर्टस । चीनको हाङ्गझाउ सहरमा आयोजना हुने १९ एशियाली खेलकुदमा प्रतिस्पर्धा गर्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई किट्स ब्याग प्रदान गरिएको छ ।

नेपाली राष्ट्रिय महिला टोलीलाई कतार एनसीसीका अध्यक्ष रमेश भट्टले प्रायोजन गरेका हुन् । ति किट्स ब्याग राष्ट्रिय खेलकुद परिषद्का सदस्य पेमा लामा र राखेप तालिम तथा प्रशिक्षण विभागकी उपनिर्देशक ओलम्पियन संगिना बैद्यले टिमलाई हस्तान्तरण गरे ।

कतारमा रहेका राष्ट्रिय तेक्वान्दो खेलाडी अर्जुन गोतामेको पहलमा एनसीसीका अध्यक्ष भट्टले नेपाली राष्ट्रिय महिला टोलीका २२ खेलाडी, ३ प्रशिक्षक र १ फिजियो, एक ब्यवस्थापकलाई समेत गरि २७ थान किट्स ब्याग प्रदान गरको ओलम्पियन बैद्यले जानकारी गराईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close