
पोखरा स्पोर्टस । कास्की जिल्ला हक्की संघको अध्यक्षमा हित गुरुङ सर्वसम्मत चयन भएका छन् ।
पोखरामा मंगलबार सम्पन्न भएको संघको अधिवेशनले उनलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
हक्कीका पूर्व राष्ट्रिय खेलाडी समेत रहेका उनी केही वर्ष वैदेशिक रोजगारीमा गएको भए पनि स्वदेश फर्किएर हक्कीको नेतृत्व सम्हालेका छन् ।
त्यसै गरि संघको उपाध्यक्षमा राजु थापा, सचिवमा राजन नेपाली, कोषाध्यक्षमा पुजा पुन रहेका छन भने सदस्यहरुमा कलम सुनार, सूर्य प्रसाद अधिकारी, सुजन पुन, सविना पुन, शिल्पा डंगौरा, नविन गुरुङ र यमन घर्ती रहेका छन् ।