मञ्चका आजिवन सदस्य मेजर गुरुङलाई मातृ शोक, अन्त्येष्टि सम्पन्न

पोखरा स्पोर्टस । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका आजिवन सदस्य मेजर खुसीमान गुरुङ (एमभिओ)लाई मातृ शोक परेको छ ।

तमु प्ये ल्हु संघ प्रवास शाखा यूकेका निवर्तमान अध्यक्ष एवं प्रमुख सल्लाहकार, नेपाली भिलेज वेल्स यूकेका प्रवन्ध निर्देशक समेत रहेका मेजर गुरुङकी आमा हिरा कुमारी गुरुङको ८६ वर्षको उमेरमा पोखरा १ अधिकारी टोल स्थित आफ्नै निवासमा निधन भएको हो ।

माछापुच्छ्रे–७ धम्पुस कास्की स्थायी घर भएकी उहाँको यहि भदौ ९ गते निधन भएकोमा धार्मिक परम्परा अनुसार आज (मंगलबार) पोखरा ११ स्थित तमु प्हे लु संघ शक्तिघाटमा अन्त्येष्टि गरिएको छ ।

उहाँको एक छोरा, एक बुहारी, ६ छोरी र १३ नाति नातिना रहेका छन् ।

उहाँको निधनमा मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले गहिरो दुःख व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close