खेलकुद कार्यक्रममा खादा प्रयोग गरेको भन्दै परिषदले माग्यो स्पष्टिकरण

पोखरा स्पोर्टस । खेलकुद कार्यक्रममा खादा प्रयोग गरेको भन्दै प्रदेश खेलकुद परिषद गण्डकीले स्पष्टिकरण मागेको छ ।

खेलकुद कार्यक्रम तथा प्रतियोगितामा खादाको प्रयोग निषेध गरेको परिषदले दुई जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष र दुई खेल संघका पदाधिकारीहरुलाई स्पष्टिकरण सोधेको हो ।

परिषदले जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेत बहादुर पुन र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बहादुर बाँनियालाई स्पष्टिकरण सोधेको परिषदका सदस्य सचिव श्रीधर शर्माले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

यसै गरि गण्डकी प्रदेश फुटबल संघका वरिष्ठ उपाध्यक्ष मिलन गुरुङ र गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन कुमार गुरुङलाई समेत खादाको प्रयोग गरेकोमा स्पष्टिकरण सोधिएको सदस्य सचिव शर्माले जानकारी दिए । उनले भने–“परिषदले पटक–पटक सूचना प्रकाशित गरि खेलकुदमा फजुल खर्च रोक्न र खादा प्रयोग नर्गन जानकारी दिएको छ । तर पनि केही मित्रहरुले विगतमा जस्तै गरेको पाएका छौं । यसमा परिषदले कडाईका साथ निगरानी गरिरहेको छ ।”

परिषदको गत असार १६ गते सम्पन्न बोर्ड बैठकले कार्यक्रममा खादा र दाृेसल्लाको प्रयोग नर्गन तथा निरुत्साहित गर्न निर्णय गरेको थियो । स्पष्टिकरण सोधिएका सबैलाई ७ दिन भित्र उचित कारणसहित निवेदन पेश गर्न भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close