प्रदेश खेलकुद परिषद गण्डकी द्वारा खेलाडीहरु सूचिकरण गर्न आह्वान

पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीले प्रदेश भित्रका सबै खेलाडीहरु सूचिकरण गर्न आह्वान गरेको छ ।

परिषदले मंगलबार एक सूचना प्रकाशित गरि पूर्व, वर्तमान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई सूचिकरण गर्न आह्वान गरेको हो । सो संगै सूचनामा परिषदले खेल प्रशिक्षक÷प्रशिक्षण केन्द्र सुचिकृतका लागि समेत भनेको छ ।

सूचनामा भनिएको छ–“गण्डकी प्रदेश भित्र स्थायी बसोबास गर्ने व्यक्तिहरुले नेपाल सरकार, रा.खे.प, प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा संचालित राष्ट्रिय/अन्तर्राष्ट्रिय खेल प्रतियोगिता वा नेपालको तर्फबाट अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी भएका पूर्व तथा बर्तमान खेलाडीहरुको अध्यावधिक अभिलेख तयार गर्नको लागि सूचना प्रकाशित गरिएको छ ।”

सुचना प्रकाशित गरिएको हुँदा ३५ दिन भित्र आफुले खेलेको खेल प्रतियोगिताको स्तर खुल्ने कागजातहरुको प्रतिलिपि र विभिन्न खेलका प्रशिक्षक तथा प्रशिक्षण केन्द्र संचालकहरुले आफ्नो योग्यता तथा प्रशिक्षण केन्द्र संचालन गर्ने अनुमती पत्रहरुको प्रतिलिपि समेत संलग्न गरी सम्बन्धित जिल्ला खेलकुद विकास समिति मार्फत निवेदन पेश गर्न भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close