एसिया कपमा सहभागी हुन सन्दिप पाकिस्तान प्रस्थान

पोखरा स्पोर्टस । क्रिकेटर सन्दिप लामिछाने एसिया कपमा सहभागी सोमबार पाकिस्तान प्रस्थान गरेका छन् । नेपाली टोली भने गत मंगलबार नै पाकिस्तान प्रस्थान गरिसकेको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमै गएर सन्दिपलाई बिदाइ गरे । एसिया कप भदौ १३ गतेदेखि पाकिस्तानमा सुरु हुँदैछ । त्यसै दिन नेपालले पाकिस्तानको मुल्तानमा पाकिस्तानसंग समूह चरणको पहिलो खेल खेल्ने छ ।

समूह ‘ए’ मा नेपाल र पाकिस्तानसहित भारत रहेको छ । नेपालले दोश्रो खेल भदौ १८ गते भारत विरुद्ध श्रीलंकामा खेल्ने छ । नेपालले पहिलोपटक एसिया कपमा खेल्न लागेको हो ।

सन्दिपलाई विदाई गर्दै सदस्य सचिव घिसिङले भने–“देशले सन्दिपमाथि जसरी भरोसा गरेको छ त्यो भरोसा सन्दिपबाट पूरा हुनेछ भन्ने मैले विश्वास लिएको छु । साथै सम्पूर्ण टिमलाई पनि उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिन चाहन्छु । नेपाली टिममा सन्दिप समावेश हुनु भनेको टिमले पूर्णता पाएको सन्देश जानु हो । सुखद परिणामका लागि सफलता मिलोस् भन्ने सम्पूर्ण टिमलाई सन्देश दिन र सन्दिपलाई शुभ यात्रा भन्न म यहाँ उपस्थित भएको हुँ । अल द वेस्ट ।”

सो अवसरमा सन्दिपले सदस्य सचिवलाई बिदाईका लागि आभार व्यक्त गरेका छन् । पछिल्लो समय टिमले राम्रो प्रदर्शन गरेको बताउँदै उनले भने–“टिमले पाकिस्तानमा पनि अभ्यास गरिरहेको छ । मैले पनि यहाँ जति सक्दो अभ्यास गरिरहेको छु । हामी सबै तयार छौं । आशा छ एसिया कपमा राम्रो गर्ने छौं” उनले भने–“‘एसिया कपमा खेल्न पाउनु सबै नेपालका लागि गर्वको कुरा हो । जित÷हार भन्दा पनि हामीले त्यहाँबाट सिक्न पाउने कुरा पनि महत्वपूर्ण हो । एसिया कपमा खेल्न पाउनु खुशीको पर्व जस्तै हो हाम्रा लागि ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close