गण्डकी विश्वविद्यालय द्वारा आयोजित ५ किमि सडक दौड कृष्ण र बासनाले जिते

पोखरा स्पोर्टस । गण्डकी विश्वद्यिलायद्वारा आयोजित ५ किमि सडक दौड छात्रतर्फ कुमुदिनी होम्सका कृष्ण बहादुर परियार र छात्रा तर्फ कालिका माविकी बासना सुवेदी शर्माले जितेका छन् ।

विश्वविद्यालय अन्तर्गत व्याचलर्स इन स्पोर्टस म्यानेजमेन्ट (विएसएम) विभागले व्यवस्थापन गरेको उक्त दौडमा कृष्णले १४ मिनेट ४८.०८ सेकेण्डमा र बासनाले २० मिनेट ३८ सेकेण्डमा दौड पुरा गरि जनही नगद रु १०–१० हजारका साथमा मेडल र प्रमाणपत्र हात पारेका हुन् ।

त्यसै गरि छात्रतर्फ छोरेपाटन माविका मनोज रोका मगरले १५ मिनेट १२.४२ सेकेण्डमा दौड पुरा गरि दोश्रो हुँदा, श्री रेशा मावि बाग्लुङका बादल कार्की १५ मिनेट २४.०१ सेकेण्डमा दौड पुरा गरि तेश्रो र कृष्ण काविका विशन परियार १५ मिनेट ३७.८६ सेकेण्डमा दौड पुरा गरि चौथो स्थान प्राप्त गरे । पहिलो, दोश्रो, तेश्रो र चौथो हुनेले क्रमश नगद रु ७, ५  र २ हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे ।

छात्रातर्फ विन्द्यवासिनी माविकी पुजा डाँगी २१ मिनेट ११ सेकेण्डमा दौड पुरा गरि दोश्रो भइन् भने पञ्चकन्या माविकी टुका कुमारी नेपाली २१ मिनेट ४३.३० सेकेण्डमा दौड पुरा गर्दै तेश्रो, श्री पार्दी माविकी रेशमा गुरुङ २२ मिनेट ३८.०७ सेकेण्डमा दौड पुरा गर्दै चौथो हुन सफल भए । पहिलो, दोश्रो, तेश्रो र चौथो हुनेले क्रमश नगद रु ७, ५ र २ हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे ।

दौडमा १० औं स्थान सम्म आउन सफल प्रतियोगिहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतियोगितामा बिजेता खेलाडीहरुलाई गण्डकी सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडा, विश्वविद्यालयका कुलपति प्रा.डा.गणेशमान गुरुङ, विश्वविद्यलायका रजिस्टार प्रा.डा.कैलाश तिमिल्सिना, नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज बहादुर गुरुङ, अग्रज खेलाडी खड्ग बहादुर रानाभाट लगायतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

विश्वद्यिालयले पहिलो पटक आयोजना गरेको कक्षा ११–१२ लक्षित दौडलाई सम्वोधन गदैै सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सिंखडाले खेलकुद क्षेत्रलाई सहज र सरल बनाउन मन्त्रालयले आफ्ना योजनाहरु अघि बढाएको बताइन् । “मन्त्रालय खेलकुद क्षेत्रलाई कसरी अघि बढाउने योजना बनाएर अघि बढ्दैछ । विगतमा भएका राम्रा कामहरुको निरन्तरता संगै खेलकुदको समग्र विकासका लागि म प्रतिवद्धता व्यक्त गर्दछु”, उनले भनिन ।

नेपाली खेलकुदले विगतमा भन्दा केही सुधार हुँदै गएको तर्फ इगिंत गर्दै मन्त्री सिंखडाले प्रदेश सरकारको भूमिका बढाउँदै लैजानु पर्ने विषयमा जोड दिइन् । उनले भनिन्–“खेलकुदका लागि स्वास्थकी, स्वास्थ्यको खेलकुद लागि भन्ने प्रश्न उठिरहेको बेला खेलकुद क्षेत्रको समग्र विकास भयो भने मात्रै हामी अस्पतालमा विरामी भएर जानु पर्नेछैन”, उनले भनिन्–“खेलक्षेत्रको विकास भए मात्रै युवाहरुको पलायन रोक्न र यूवाहरुको भविष्य समेत खेलकुद क्षेत्रमा छ भन्ने विषय प्रमुख विषय हो समेत हो ।”

समापन कार्यक्रम विश्वद्यिालयका कुलपति प्रा.डा गणेशमान गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

उक्त दौडमा देशभरिका ४३ विद्यालयका ३ सय भन्दा वढि विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

गण्डकी विश्वविद्यालय नेपालकै पहिलो खेलकुद विषय व्याचलर्स इन स्पोर्टस म्यानेजमेन्ट (विएसएम) अध्ययन–अध्यापन हुँदै आएको छ । विश्वविद्यालयले स्पोर्टस म्यानेजमेन्ट अन्तर्गत चार वर्षे कोर्ष सञ्चालन गरिरहेको विभागका प्रमुख डा. मधुसुदन सुवेदीले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

विश्वविद्यालयले स्पोर्टस म्यानेजमेन्टसहित विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नुका साथ-साथै विश्वविद्यालयले अन्वेषण र अनुसन्धानलाई समेत प्राथमिकतामा राख्दै आइरहेको छ । गण्डकी विश्वविद्यालय नेपालमै पहिलो पटक प्रदेश सरकारद्वारा स्थापित विश्वविद्यालय समेत् हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close