
पोखरा स्पोर्टस । गण्डकी विश्वविद्यालय द्वारा आयोजित ५ किमि छात्र/छात्रा दौडको सम्पूर्ण तयारी पुरा भएको छ ।
कक्षा ११ र १२ पढ्ने र १२ को परीक्षा दिएका विद्यार्थीहरुलाई लक्षित गर्दै भोली भदौ ९ गते आयोजना हुने ५ किमि सडक दौडको तयारी पुरा भएको विश्वविद्यालयले जनाएको हो । प्रतियोगितामा शुक्रबार बिहान सम्म ३ सय भन्दा वढिले नाम दर्ता गराईसकेको प्रतियोगिताका संयोजक डा मधुसुदन सुवेदीले जानकारी दिएका छन् ।
स्नातकतहमा खेलकुद विषय अध्ययन–अध्यापन हुने नेपाल कै पहिलो विश्वविद्यालयले समग्र खेलकुदको विकास, सम्वर्द्धन, पवर्द्धन र खेलकुद प्रतिको आकर्षण अभिवृद्धि गर्न प्रतियोगिता आयोजना गरिएको संयोजक सुवेदीले बताए । २०८० सालको कक्षा १२ को परीक्षा दिई बसेका र हाला कक्षा ११ र १२ मा पढ्ने देशैभरबाट विद्यार्थीले दौडमा सहभागी हुन खेलाडीहरु पोखरा आएको उनले बताए ।
प्रतियोगिता भदौं ९ गते शनिबार बिहान ७ बजे मुस्ताङचोकस्थित विश्वविद्यालयको प्राङ्ग्डबाट सुरु हुने छ । उक्त दौड पोखराको विभिन्न भाग परिक्रमा गरी पुनः सोही ठाउँमा पुगेर सम्पन्न हुने संयोजक सुवेदीले जानकारी दिए ।
दौडमा प्रथम, द्वितीय, तृतीय र सान्तवना हुने खेलाडीहरूले क्रमशः १० हजार, ७ हजार,५ हजार र २ हजार नगदसहित मेडल र प्रमाण पत्रको प्राप्त गर्नेछन् । निर्धारित दुरी पूरा गर्ने पहिलो १० खेलाडीलाई प्रोत्साहन गर्न मेडलको व्यवस्था गरिएको छ ।
कास्की जिल्ला एथ्लेटिक्स संघको प्राविधिक सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो ।
गण्डकी विश्वविद्यालय नेपालमै पहिलो पटक प्रदेश सरकारद्वारा स्थापित विश्वविद्यालय हो । विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नुका साथ-साथै विश्वविद्यालयले अन्वेषण र अनुसन्धानलाई समेत प्राथमिकतामा राख्दै आइरहेको छ ।