केन्पोकाई संघ गण्डकी प्रदेशको अध्यक्षमा कायस्थ

पोखरा स्पोर्टस । नेपाल केन्पोकाई संघ गण्डकी प्रदेशको अध्यक्ष पदमा प्रगत कायस्थ सर्वसम्मत चयन भएका छन् ।

पोखरामा बिहिबार सम्पन्न संघको प्रथम अधिवेशनले कायस्थलाई अध्यक्षमा चयन गरेको हो । यसै गरी संघको उपाध्यक्षमा सुरेश किसान .(बागलुङ), सचिवमा सञ्जय भण्डारी (कास्की), सहसचिवमा रविन नेपाली (कास्की) र कोषाध्यक्षमा सुमिक्षा थापा (कास्की) सर्वसम्मत निर्वाचित भएको प्रदेश खेलकुदका कार्यकारी सदस्य ऋषीराम गौतमले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

यसै गरी कार्यसमिति सदस्यमा किसान राना (स्याङजा), नविन पौडेल (म्याग्दी), वेद प्रसाद शर्मा (कास्की), नविन थापा (पर्वत), कर्णराज बोहरा (बाग्लुङ) र परिशा खड्का (कास्की) रहेका छन् ।

नवनिर्वाचित कार्यसमितलाई बधाई तथा शुभकामना दिंदै कार्यकारी सदस्य गौतम र परिषदका सदस्य बसन्तराज दवाडीले केन्पोकाई खेलको विकास संगै खेलाडी उत्पादनमा विशेष ध्यान दिन आग्रह गरे ।

नेपाल केन्पोकाई संघका केन्द्रिय कार्यबहाक अध्यक्ष तथा मुख्य प्रशिक्षक नाराज खड्का (हरि)को अध्यक्षतामा भएको कार्यक्रममा खड्काले सात प्रदेशमा नै केन्पोकाई संघको विस्तार गर्ने योजना रहेको सुनाए । उनले भने–“सेल्फ डिफेन्सका लागि महत्वपूर्ण रहेको जापानी मार्शल आर्ट खेल केन्पाकाईको विस्तारका लागि हामीले योजना बनाएका छौं । सातै प्रदेशमा अव केन्पोकाई संघ गठन हुन्छ ।” १० औं राष्ट्रिय खेलकुदमा केन्पोकाई खेललाई समावेश गर्न आग्रह गर्दै उनले केन्पोकाई खेलबाट उत्पादित खेलाडीहरु अन्य मार्शल आर्ट खेलमा समावेश भएर खेल्ने बाध्यतालाई हटाउनु पर्नेमा उनको जोड थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close