एन्फाले गण्डकीमा सि–लाइसेन्स र क्याटोगरी ४ को रेफ्रि कोर्स सञ्चालन गर्दै

पोखरा स्पोर्टस । अखिल नेपाल फुटबल संघ (एन्फा)ले गण्डकी प्रदेशमा प्रशिक्षकहरुको लागि सि लाइसेन्स तथा रेफ्रितर्फ क्याटोगरी ४ को कोर्स सञ्चालन गर्ने भएको छ ।

गण्डकी प्रदेश फुटबल संघले ति कोर्सहरु सञ्चालनका लागि एन्फा संग माग गरे बमोजिम कोर्स सञ्चालनका लागि स्विकृती प्रदान गरेको हो । गण्डकी प्रदेश फुटबल संघका महासचिव बिनोद गुरुङका अनुसार रेफ्रितर्फ क्याटोगरी ४ को कोर्स आगामी कार्तिक १६ देखि २२ गते सम्म सञ्चालन हुने भएको छ ।

त्यसै गरी प्रशिक्षकका लागि दिइने एन्फा सि लाइसेन्स कोर्स पहिलो चरणको आगामी कार्तिक १५ देखि २१ गते सम्म र दोश्रो चरणको मंसिर १२ देखि १६ गते सम्म सञ्चालन हुनेछ ।

रेफ्रि कोर्स अन्तर्गत ३४ जना र प्रशिक्षक अन्तर्गत २४ जनाको सहभागिता हुने महासचिव गुरुङले पोखरा स्पोर्टसलाई बताए ।

प्रादेशिक फुटबल गठन भए संगै पहिलो पटक आयोजना हुने कार्यक्रमले गण्डकी प्रदेशको फुटबल विकासमा कोशेढुङ्गा हुने वरिष्ठ उपाध्यक्ष मिलन गुरुङले बताएका छन् । उनले भने–“यो हाम्रो प्रयास हो । प्रशिक्षक र रेफ्रि उत्पादनले प्रदेशको ११ जिल्लामा फुटबल विकासका लागि ढोका खुल्नेछ । म एन्फालाई आभार व्यक्त गर्न चाहन्छु । यो कार्यक्रम सफल बनाउन सबैको सहयोगका लागि समेत आह्वान गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close