५५ औं एशियाली शारीरिक सुगठन प्रतियोगिता भाद्र तेश्रो साता

पोखरा स्पोर्टस । नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघको आयोजनामा हुने ५५ औं एशियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगिता भाद्र १५ गते बाट काठमाण्डौमा हुने भएको छ ।

नेपालमा पहिलो पटक अहिले सम्मकै ठुलो रहेको प्रतियोगितामा एशियाली राष्ट्रका २५ मुलुकले प्रतिस्पर्धामा सहभागिता जनाउने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो । दरवारमार्गस्थित याक एण्ड यती होटलमा करिव ३०० खेलाडीहरुले पुरुष तर्फ २८, महिला तर्फ १६ र मिक्स १ गरि ४५ विधामा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएका छन् ।

सात दिन सम्म संचालन हुने प्रतियोगिताको पहिलो दिन १५ गते प्रतिस्पर्धी सवै देशका खेलाडी तथा अफिसियलहरु काठमाण्डौ आईपुग्ने र दर्ता कार्य हुने छ । दोश्रो दिन १६ गते मेनेजर्स मिटिङ्ग, निर्णायक मिटिङ्ग, डोपिङ्ग सेमिनार तथा एशियाली कंग्रेसको आयोजना हुने छ । यस्तै तेश्रो दिन १७ गते खेलाडीहरुको तौल तथा हाईट मेजरमेन्ट र उमेर समूहको जाँच गर्ने कार्य हुनेछ ।

चौथो दिन १८ गते प्रतियोगिताको उद्घाटनका साथै १६ वटा विधामा प्रतिस्पर्धा हुने छ । जसमा पहिलो दिन नेपाली १४ खेलाडीहरुले ८ वटा समूहमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै १९ गते २० वटा विधामा प्रतिस्पर्धा हुने र २४ नेपाली खेलाडीहरुले १७ वटा समूहमा प्रतिस्पर्धा गर्नेछन् । २० गते ९ वटा विधामा प्रतिस्पर्धा हुने र ५ जना नेपाली खेलाडीहरुले ४ वटा समूहमा प्रतिस्पर्धा गर्नेछन् । प्रत्येक दिनको खेल पश्चात नतिजा प्रकाशन हुने छ ।

प्रतियोगिताको अन्तिम दिन शारीरिक सुगठन तर्फको ५५, ६०, ६५, ७०, ७५, ८०, ८५, ९०, १०० र ११० केजी गरि १० समूहका प्रथम स्थान प्राप्त गर्ने खेलाडीहरुविच प्रतिस्पर्धा गराई सर्वोत्कृष्ट हुने खेलाडीलाई मि. एशिया २०२३ घोषित गरिने छ । यस्तै सम्पूर्ण प्रतिस्पर्धाबाट मेडलका आधारमा शिर्ष तीन स्थान प्राप्त गर्ने ३ देशलाई च्याम्पियनसिपको प्रथम, द्वितीय र तृतीय घोषित गरिने छ ।

मनकामना केवल कारको प्रमुख प्रायोजनमा हुने प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्, नेपाल टुरिजम बोर्ड, एभरेष्ट बैंक, नेपाल ईन्भेष्टमेन्ट मेघा बैंक, महालक्ष्मी विकास बैंक, पञ्चकन्या ग्रुप, केटिएम सिटी, सिद्धार्थ प्रिमियम इन्सुरेन्स, सगरमाथा लुम्बिनी इन्सुरेन्स, शिखर इन्सुरेन्स, सिएफएस रेमिट आदिको विशेष सहयोग रहने आयोजकले जनाएका छन् ।

प्रतियोगिताको आधिकारीक होटलमा याक एण्ड यती र ¥याडिसन होटल रहेको छ भने प्रतियोगिताको काष्टमण्डप टेलिभिजन र मेरो फिटनेशले फेसबुक लाईभ गर्नेछन् । प्रतियोगिताको इभेन्ट म्यानेजमेन्टमा फुनोलोजिक सोलुसन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close