यू–१९ फुटबलको बन्द प्रशिक्षणमा गण्डकीबाट तिन खेलाडी

पोखरा स्पोर्टस । यू–१९ फुटबलको बन्द प्रशिक्षणमा गण्डकी प्रदेशबाट तिन जना खेलाडी छनौटमा परेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा सञ्चालित यू–१९ फुटबल छनौट कार्यक्रम अन्तर्गत गण्डकीबाट राम थापा, लक्षु थापा र विशाल नेपाली छनौटमा पर्न सफल भएका हुन् ।

नेपालमा यहि वर्षको सेप्टेम्बर २१–३० सम्म आयोजना हुने एफसी च्याम्पियनसिपका लागि उनीहरु ३५ जना खेलाडीमा छनौटमा पर्न सफल भएको गण्डकी प्रदेश फुटबल संघका महासचिव बिनोद गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।

३५ जना खेलाडीमा छनौटमा पर्न सफल तिनै जना खेलाडी तनहुँका हुन् । ति मध्ये राम र लक्षु जुम्ल्याह दाजु भाई हुन् भने विशाल सहारा एकेडेमीका प्रशिक्षार्थी खेलाडी हुन् ।

यू–१९ एफसी च्याम्पियनसिपका लागि गण्डकी प्रदेशले १ सय ५ जना खेलाडी केन्द्रिय छनौटका लागि पठाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close