ब्याडमिन्टन एशिया क्षेत्रीय जुनियर च्याम्पियनसिप : दिलासा र रेहाना फाईनलमा

पोखरा स्पोर्टस । ब्याडमिन्टन एशियाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको सहआयोजनामा ब्याडमिन्टन एशिया (दक्षिण एशिया) क्षेत्रीय जुनियर च्याम्पियनसिप २०२३ मा दिलासा राना र रिहाना शेरचनको जोडी फाईनलमा प्रवेश गरेका छन् ।

राना र शेरचनको जोडीले यु–१५ मा बंगलादेशका अफिफा खान अरिन र तान्जिला महमुदको जोडीलाई २१–१५, १६–२१, २१–९ ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् ।

अहिले सम्मको नतिजामा अन्य खेलाडीहरु सेमिफाईनलबाट अगाडी बढ्न सकेनन् । यु १५ तर्फनै टिसा रनाी शाक्य र समृद्धि श्रेष्ठको जोडी श्रीलंकाका सिथुली रनसिंघे र नेथ्मी रत्नायकेसंग ८–२१, ७–२१ ले पराजित भए । यस्तै पुरुष तर्फ सुदेश राजकोटी र शिषिर रानाको जोडी बंगालादेशका मोस्तकी होसैन र वाली उल्लाहको जोडीसंग ९–२१, १२–२१ ले पराजित भए ।

महिला यु १५ एकल तर्फ टिशा रानी शाक्य श्रीलंकाकी नेथ्मी रत्नायके संग ४–२१, १४–२१ ले पराजित भईन् । यसैगरि दिलाशा राना श्रीलंकाकी सुथुली रनसिंघे संग १५–२१, १५–२१ के समान अन्तरमा पराजित भईन् । पुरुष तर्फ सुविन श्रेष्ठ बंगलादेशका वाली उल्लाहसंग १५–२१, २१–१४, १८–२१ ले पराजित भए ।

यु-१७ महिला तर्फ राजी राई श्रीलंकाकी रनुमी मनागेसंग १६–२१, २१–१८, १५–२१ ले पराजित भईन् । पुरुष तर्फ कविर के.सी. श्रीलंकाका थिदासा वेरागोडासंग १२–२१, १९–२१ ले पराजित भए ।

यसै गरी कविर केसी र अभय महरा यू–१७ पुरुष डबल्सतर्फ फाइनलमा प्रवेश गरेका छन् । उनीहरुले मालदिभ्सका अजर मोहमद युसुफ र युसुफ मुनाधी माथलुपलाई २१–९, २१–४ को सोझो सेटमा पराजित गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close