
पोखरा स्पोर्टस् । शहासिक खेलकुदको संस्था नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा) गण्डकी प्रदेश तदर्थ समितिको अध्यक्ष बसन्तराज दवाडी अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।
पोखरामा सोमबार सम्पन्न प्याराग्लाइडिङ खेलाडी तथा सरोकारहरुको प्रथम भेलाले दवाडीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यसै संघको उपाध्यक्ष द्वयमा भरत तिमिल्सिना र रणदेवी गुरुङ, सचिवमा शर्मिला शर्मा, कोषाध्यक्षमा रिता श्रेष्ठ र सहचिवमा सन्तोष काफ्ले रहेका छन् ।
त्यसै गरी कार्यसमिति सदस्यमा सुनिल बहादुर भट्टराई, कृष्ण भण्डारी, राजेश गिरी, नुरेन राना, सविता तामाङ, राजेश खनाल र जिम प्रसाद श्रेष्ठ रहेका छन् ।
यस अघि भेलाको उद्घाटन गर्दै प्रदेश खेलकुदका सदस्य सचिव श्रीधर शर्माले प्रदेशलाई शहासिक खेलकुदको गन्तव्यको रुपमा विकास गर्न सबैको सहकार्य आवश्यक रहेको बताए । उनले प्याराग्लाइडिङ खेलले पर्यटन प्रवर्द्धन संगै प्रदेशको आर्थिक सम्मुनतीका लागि समेत भूमिका खेल्ने भएकोले पनि परिषदले प्याराग्लाइडिङ खेलको विकासका लागि सबैको साथ र सहयोग उत्तिकै महत्वपूर्ण हुने औंल्याए ।
संघका केन्द्रिय महासचिव शैलेन्द्र राउतको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रदेश खेलकुदका कार्यकारी सदस्यद्वय दिल बहादुर गुरुङ, ऋषीराम गौतम, नेफाका कोषाध्यक्ष प्रकाश पोखरेललगायतले आफ्ना भनाई राखेका थिए ।