आइटिएफ तेक्वान्दो अन्तर्राष्ट्रिय महासंघको स्थायी समितिमा थापा

पोखरा स्पोर्टस । गण्डकी प्रदेश आइटिएफ तेक्वान्दो संघका अध्यक्ष घम बहादुर थापा अन्तर्राष्ट्रिय महासंघको स्थायी समितिमा थापा नियुक्ति भएका छन् ।

महासंघको सम्पन्न २८ औं महाधिवेशनले थापालाई आइटिएफ स्थायी समिति जुनियर तथा भेट्रान समितिको सदस्यमा नियुक्त गरेको हो । महासंघको महाधिवेशन यहि अगस्ट २० मा काजाकास्तानको आस्तनामा सम्पन्न भएको थियो ।

थापा आस्तानामा आयोजित २२ औं आइटिएफ तेक्वान्दो बिश्व प्रतियोगिता–२०२३ मा रेफ्रीको भुमिकामा सहभागी छन्।

थापा विगत २० वर्ष देखी तेक्वान्दो खेल मा आबद्ध छन् । पूर्व राष्ट्रिय खेलाडी समेत रहेका उनी प्रशिक्षक हुँदै नेतृत्व तहमा रही आइटिएफ खेल बिकासमा अग्र पंक्तिमा कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close