राखेप कर्मचारीको आन्दोलनमा ऐक्यवद्धता बढ्दै

पोखरा स्पोर्टस । राखेपमा कर्मचारीको आन्दोलन प्रति राखेपका पूर्व सदस्य सचिव देखि बोर्ड सदस्यहरुको समेत समर्थन बढ्दै गएको छ ।

दुई महिना पहिला सुरु गरेको कर्मचारीहरुको बढुवा प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन युवा तथा खेलकुद मन्त्रालय तथा व्यववस्थापन पक्षले आलटाल गरेको भन्दै कर्मचारी संघको नेतृत्वमा दोस्रो चरणको आन्दोलन जारी रहेको संघका अध्यक्ष सरस्वती केसीले जानकारी दिएकी छन् ।

परिषदमा २७ बर्ष देखि कर्मचारीहरु एउटै पदमा कार्यरत रहेको भन्दै बढुवा प्रक्रिया सुरु गरेको परिषद बोर्डले अहिले ढिलासुस्ती गरेको भन्दै दवावका लागि कर्मचारीहरुले हातमा कालोपट्टी बाधेर १० बजे देखि १ बजे सम्म पेनडाउन गरेका छन् ।

कर्मचारीको आन्दोलनलाई समर्थन गर्दै परिषद्का पूर्व सदस्य–सचिव युवराज लामाले आफु कर्मचारीको बढुवाको पक्षमा जुन सुकै सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाएका छन् ।

यस्तै बागमती प्रदेशका सदस्य–सचिव तथा राखेप बोर्डका सदस्य सूर्यलाल भण्डारी, बोर्ड सदस्यहरु प्रकाश कुसारी तथा नन्दा बस्याल लगायतले पनि कर्मचारीको आन्दोलनमा ऐक्यवद्धता जनाएको कर्मचारी सघका महासचिव कुमार बस्नेतले बताएका छन् ।

ओलम्पियनद्वय बैकुण्ठ मानन्धर र जितबहादुर केसीले बढुवा प्रकृया चाँडो भन्दो चाँडो टुंग्याउन सम्बन्धित निकायको ध्यनाकर्षण गराए ।

युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय परिषदको बोर्डको समन्वयको अभाव तथा वेवास्ताका कारण २७, २० र १७ बर्ष देखि कर्मचारीको बढुवा हुन नसकेको कर्मचारीहरुको गुनासो छ ।

परिषद्को कर्मचारी सेवा सर्त नियमावली अनुसार थालिएको बढुवा प्रक्रियालाई पनि विचैमा निष्कृय बनाउने खेल सुरु भए पछि कर्मचारीहरु आन्दोलनमा जान बाध्य भएको उनीहरुको दावी छ । छिटै बढुवा प्रक्रिया पुरा नभए परिषद्बाट गरिने सबै प्रकारको कार्यक्रमहरु ठप्प पार्ने उनीहरुले चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close