
पोखरा स्पोर्टस । १९ औं एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा रहेको राष्ट्रिय महिला ह्याण्डबल टोलीलाई सुनसरीको अल्टिच्यूड क्लवले खेल पोशाक प्रदान गरेको छ ।
भिडियोका लागि यहाँ क्लिक गर्नुहोस्
https://www.facebook.com/PokharaSportsOfficial/videos/1746835405769490
पोखरामा आइतबार आयोजित एक कार्यक्रमका विच क्लवका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका सहमहासचिव पिताम्वर तिमिल्सिनाले खेलाडीहरुलाई खेल पोशाक हस्तान्तरण गरेका हुन् । राष्ट्रिय खेलकुद परिषदका पूर्व उपाध्यक्ष समेत रहेका उनले होङझाउमा हुने एसियाली खेलकुदमा नेपाली ह्याण्डबल टिमले उच्च खेल प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताउँदै नेपाली टिमको हौसला बढाउन क्लवले यो सानो उपहार दिएको बताए ।
विगतमा समेत नेपाली महिला राष्ट्रिय टिमले मुलुकको राष्ट्रिय झण्डा उठाउन भूमिका खेलेको बताउँदै सहमहासचिव तिमिल्सिनाले भने–“यहाँहरुको मनोबल उच्च बढाउन सानो उपहार दिएक छौं । पक्कै पनि एसियाडको एरिनामा इतिहास रच्न यहाँहरु सफल हुने हुनेछ ।” आफ्नो क्लवले खेलकुदको विकास संगै सामाजिक क्षेत्रमा विगत एक वर्ष देखि कृयाशिल रहेको उल्लेख गर्दै आवश्यक परेको खण्डमा नेपाली टिमको मनोबल उच्च बनाउन आफूले सहकार्य गर्न कुनै कञ्जुसाई नगर्ने बताए ।
कार्यक्रममा आफ्ना भनाई राख्दै नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष एवं प्रदेश खेलकुदका निर्वतमान सदस्य सचिव तेज बहादुर गुरुङले नेपालको ह्याण्डबल खेलले विगतमा धेरै उतारचढाव व्यहोरेको बताउँदै १९ औं एसियाली खेलकुदमा नेपाली टिमले मेहनतका साथ खेल मैदानमा उत्रिन आग्रह गरे । ह्याण्डबल नेपाली खेलकुदमा निकै सम्भावना भएको खेल भएको बताउँदै खेलाडीहरुले आफ्नो खेल जिवनमा गुनासो गर्नु भन्दा पनि खेलको मुल्यमान्यतालाई वढि ध्यान दिनुपर्ने बताए । उनले भने–“हामीले खेल खेलेर के पायौं भनेर प्रश्न गर्न भन्दा पनि आफूले पाएको सम्मान र समाजले हेर्ने दृष्टिकोणलाई सकरात्मकरुपमा ग्रहण गर्नु पर्छ ।”
कार्यक्रममा नेपाल ह्याण्डबल संघका उपाध्यक्ष एवं गण्डकी प्रदेश सभाका पूर्व सांसद मोहन रेग्मी, नेपाल रिङ रेस्लिङ संघका महासचिव सूवर्ण श्रेष्ठ, संघका सचिव केशव पाठक लगायतको सहभागिता रहेको थियो ।