
पोखरा स्पोर्टस । सेपाकताक्रो खेलको रेफ्रि तथा प्रशिक्षकको गण्डकी प्रदेशस्तरिय दुई दिने आधारभुत तालिम सम्पन्न भएको छ ।
सेपाकताक्रो संघ गण्डकी प्रदेशको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा उक्त दुई दिने आधारभुत तालिम सम्पन्न भएको हो । प्रशिक्षणमा सहभागिहरुलाई प्रदेश खेलकुद परिषदका सदस्र्य एवं खेल पत्रकार केशव पाठक, संघका अध्यक्ष श्याम बहादुर श्रेष्ठ, प्रमुख प्रशिक्षक मेघराज तोलांगी, संघका वरिष्ठ सल्लाहकार याम बहादुर गुरुङलगायतले प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रममा बोल्दै परिषद सदस्य पाठकले आफूले सिकेको शिपलाई व्यवहारमा लागु गर्ने संगै यूवा खेलाडी उत्पादनमा भूमिका खेल्न आग्रह गरे ।
संघका अध्यक्ष श्याम बहादुर श्रेष्ठको अध्यक्षतमा भएको समापन कार्यक्रममा प्रमसख प्रशिक्षक मेघराज तोलांगी, सहायक प्रशिक्षक मोहन गुरुङ, सेपाकताक्रो खेलका गण्डकी प्रदेश टिम कप्तान यूवराज गुरुङ, संघका सदस्य दिवाकार थापा लगायतले आफ्ना भनाई राखेका थिए भने कार्यक्रममा प्रशिक्षार्थीद्वय सञ्जयराज ढकाल र प्रतिक्षा श्रेष्ठले दुई दिने प्रशिक्षणमा प्राप्त अनुभवहरु साझा गरेका थिए ।
सो अवसरमा सेपाकताक्रो खेलको विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने याम बहादुर गुरुङ, प्रमुख प्रशिक्षक तोलांगी, संघका अध्यक्ष श्रेष्ठ, सहायक प्रशिक्षक गुरुङ, टिम कप्तान यूवराज र संघका सदस्य थापालाई सम्मान गरिएको थियो ।
गण्डकी प्रदेशमा नै पहिलो पटक सम्पन्न भएको तालिममा एसियन सेपाकताक्रो महासंघका प्रशिक्षक तोलंगी, सहायक प्रशिक्षक गुरुङले प्रशिक्षण दिएका थिए ।
तालिममा कास्की, तनहुँ, स्याङजा, नवलपुर र बागलुङ जिल्लाका २५ जनाको सहभागिता रहेको थियो ।