
पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद (राखेप)मा कार्यरत कर्मचारीहरुले आफ्ना माग पुरा नभएको भन्दै आन्दोलन थप चर्काउने भएका छन् ।
राखेप कर्मचारी संघले एक साता अघि सुरु गरेको आन्दोलनलाई थप अघि बढाउने जनाएको हो । कर्मचारी संघले आफ्नो मागको वेवस्ता गरेको भन्दै यस अघिका दिनमा गरिएका आन्दोलनका मागहरु थप गरी दोश्रो चरणका कार्यक्रम घोषणा समेत गरेको छ ।
कर्मचारी संघको आह्वानमा यस अघि गरिएको कालो पट्टि बाँध्ने र पेन डाउनको समय दैनिक रुपमा समेत बढाएको छ । भदौ ३ गते देखि दोश्रो चरणको आन्दोलनको घोषणा गरेको हो । यस अघि २ घन्टा पेन डाउन गरेका कर्मचारीहरुले अव भदौ ३ गतेबाट विहान १० देखि १ बजे सम्म पेन डाउन गर्ने छन् । यो कार्यक्रम भदौ ५ गते सम्म हुनेछ भने भदौ ६ गतेबाट पेन डाउन कायक्रम ४ घन्टाका लागि बढाइएको छ ।
कर्मचारीहरु विगत केही दिन यता वढुवालगायतका माग राखेर आन्दोलनरत छन् ।