
पोखरा स्पोर्टस । एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा एसिया यु–२० सेभेन्स पुरुष तथा महिला रग्बी प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।
पुरुषमा ७ तथा महिलामा ४ राष्ट्रको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले जानकारी गराएका हुन् ।
पुरुषमा सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइने छ । समूह ‘ए’ मा उज्वेकिस्तान, चाइनिज ताइपेइ र थाइल्यान्ड तथा समूह ‘बी’ मा मलेसिया, भारत, नेपाल र हङकङ चाइना रहेका छन् । महिलामा नेपाल, थाइल्यान्ड, मलेसिया र हङकङ चाइनाले राउन्ड रोविन लिगका आधारमा प्रतिसपर्धा गर्ने छन् । सर्वाधिक अंक ल्याउने टोलीलाई विजेता घोषणा गरिने छ ।
नेपाली रग्बीको इतिहासमा नेपालमा हुन लगोको यो प्रतियोगिता अहिलेम्मकै ठूलो हो । गत वर्ष रग्बी संघले एसिया रग्बी यु–१८ सेभेन्सको सफलतापूर्वक आयोजना गरिसकेको छ ।
प्रतियोगिताका लागि एसिया रग्बीका अध्यक्ष कायस अबदुल्लाह मोसिन मोहमद अल दलाईलगायतका प्रतिनिधि नेपाल आईसकेको रग्बी संघले जनाएको छ । दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।