नेपाली महिला कबड्डी टिम पूर्व तयारीका लागि भारत जाँदै

पोखरा स्पोर्टस । १९ औं एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय महिला कबड्डी टोली पूर्व तयारीका लागि भारतको हरियाणा जाने भएको छ ।

टिमले भारतको हरियाणामा एक महिनाको विशेष प्रशिक्षणमा सहभागी हुने भएको हो । यसक्रममा टिमले सात अभ्यास खेल पनि खेल्नेछ । प्रशिक्षण हरियाणास्थित गुरुकुल एकेडेमीमा सञ्चालन हुनेछ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले शुक्रबार आयोजित विशेष कार्यक्रमकाबीच टोलीलाई बिदाइ गरेका छन्। विदाई कार्यक्रममा अध्यक्ष श्रेष्ठले विशेष प्रशिक्षणले नेपाली टिमको तयारीमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपाली टिममा सहभागी खेलाडीमा कप्तान मेनुकाकुमारी राजवंशी, मनमति विष्ट, अन्जुकुलुङ राई, नीतु गुरुङ, रविना चौधरी, सुनिता थापा, सिर्जनाकुमारी थारु, जयन्ती बदु, अर्पण चौधरी, गंगा घिमिरे, इशा राई र कलावती पन्त छन् । यस्तै टिमको मुख्य प्रशिक्षकमा पार्वती राई, प्रशिक्षकमा विष्णुदत्त भट्ट र व्यवस्थापकमा कृष्णदेवी पन्त छन् ।

बिदाई कार्यक्रममा एनओसीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्दराज बैद्य, अखिल नेपाल कवड्डी संघकी अध्यक्ष तुलसी थापा, महासचिव अरविन्द कुमार झा, सचिव टकराज भट्टलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close