
पोखरा स्पोर्टस । नेपाल राष्ट्रिय मुवाँथाई संघको अध्यक्षमा गणेशलाल कक्षपती सर्वसम्मत निर्वाचित भएका छन् ।
काठमाण्डौमा शुक्रबार सम्पन्न संघको प्रथम साधारण सभा तथा अधिवेशनले अध्यक्षमा कक्षपतीसहित २५ सदस्यिय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा उमेश कुमार खड्का प्रथम उपाध्यक्षमा निलम अधिकारी र उपाध्यक्षहरुमा दिपक बहादुर गोदार, राजेश महर्जन, अतित भण्डारी, भूपेश शाक्य र राजु राई सर्वसम्मत निर्वाचित भए ।
निर्वाचित मध्ये उपाध्यक्ष दिपक बहादुर गोदार पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष हुन् भने सचिवमा निर्वाचित खगेन्द्र क्षेत्री प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य हुन् ।
त्यसै गरी संघको महासचिवमा मनोज श्रेष्ठ, चार सदस्यिय सचिवमा उत्तम गुरुङ, वि.जि ठकूरी, खगेन्द्र क्षेत्री र दिपक तामाङ निर्वाचित हुँदा कोषाध्यक्षमा विरेन्द्र ओली निर्वाचित भए ।
संघको कार्यसमिति सदस्यमा सन्तोष घलान, धनकृष्ण श्रेष्ठ, मनिष लि.वी, साज माली, तुलसी थापा मगर, विकास खड्का, जिनु शाही, रमा राई, कविकृष्ण मघिकर्मी, विजय गुरुङ, विगेन गुरुङ र देवराज श्रेष्ठ निर्वाचित भएको संघले जनाएको छ ।