
पोखरा स्पोर्टस । एफसी फुटसल एसियन कप क्वालिफायरका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले छनोटका लागि आह्वान गरेको छ ।
एफसी फुटसल एसियन कप क्वालिफायर–२०२४ आगामी असोज २० देखि २४ गते सम्म मंगोलियाको उलानबटोरमा आयोजना हुँदै छ । उक्त क्वालिफायर प्रतियोगिताका लागि एन्फाले खेलाडी छनोट गर्ने कार्यक्रम तय गरेको एन्फा फुटसल विभाग प्रमुख बिनोद गुरुङले जनाएका छन् ।
एन्फामा आवद्ध ४८ जिल्ला संघ र सात प्रदेश तथा शहिद स्मारक ए डिभिजनका क्लवहरुबाट खेलाडी छनौट गर्ने कार्यक्रम रहेको विभागका प्रमुख गुरुङले बताए ।
सबै जिल्ला र प्रदेशबाट छनोट भएका खेलाडीहरुको अन्तिम छनौट भने भदौ १० देखि १५ गते सम्म काठमाण्डौमा हुने छ ।
उक्त प्रतियोगिताका लागि एन्फाले गौरव बस्नेतलाई मुख्य प्रशिक्षक र थमन भुसाललाई एसिसटेन्ट कोचमा नियुक्ती गरिसकेको छ ।