‘नेपाली फुटबलको सेवा गर्न अझै धेरै मन छ’–प्रशिक्षक हुमागाई

पोखरा स्पोर्टस । नेपाली फुटबलका कार्यबाहक प्रशिक्षक प्रदिप हुमागाईले नेपाली फुटबलको अझै सेवा गर्ने इच्छा रहेको बताएका छन् ।

https://www.youtube.com/watch?v=IBoOE6t3Gcc

बंगालादेश संगको मैत्रीपूर्ण खेलमा पहिलो पटक कार्यबाहक प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै नेपाली राष्ट्रिय टोलीलाई जित दिलाएका हुमागाईले आफ्नो पोखरा बसाईको क्रममा यस्तो बताएका हुन् । लामो समय देखिको नेपाली राष्ट्रिय टिम सम्हाल्ने सपना अहिले आएर पुरा भएको बताउँदै पहिलो मौकामा नै जित हासिल हुनु गौरवको विषय रहेको बताए । उनले भने–“सम्पूर्ण नेपाली दर्शकहरुको अपार मायाँ संगै खेलाडीहरुको उत्कृष्ट प्रदर्शनले बंगालादेश विरुद्ध ३–१ को जित हासिल गर्न सफल भयौं म यसको श्रेय खेलाडीहरुलाई दिन चाहन्छु ।”

अखिल नेपाल फुटबल संघ (एन्फा)को एक कल फोनको भरमा अमेरिकाबाट भोलिपल्ट नै नेपाल आएर करिव डेढ महिनाको बन्द प्रशिक्षणमा बंगालादेश विरुद्ध जित प्राप्त भएको उल्लेख गर्दै प्रशिक्षक हुमागाईले टिम वर्कको कारणले जित हासिल गरेको बताए । “नेपाली टिममा फ्रस्टेसन थियो । पहिलो कुरा कोचको काम त्यो हटाउनु थियो । कोच मोडेरेटर र व्रिजको रुपमा काम गर्ने भएकोले मैले त्यो हटाउने प्रयास गरें ।” उनले थपे–“छोटो अवधिमा मेरो लागि ठूलो च्यालेन्ज मात्रै थिएन मौका पनि थियो । जित आवश्यक थियो । जुन हामीले छोटो अवधिमा पायौं । तिन करोड नेपालीलाई दशैंको मौकामा खुसीयाली बाँड्न पायौं । त्यौ नै गौरवको विषय हो ।”

नेपाली प्रशिक्षकलाई अवसर दियो भने पक्कै पनि केही गर्न सक्छ भन्ने उदाहरण रहेको बताउँदै आफूले यो विषयमा पटक–पटक आवाज उठाउँदै आएको बताए । जित पछि पोष्ट म्याच कन्फेरेन्समा आफूले बोलेको कुराले कहिं कतै असर परेमा त्यसका लागि क्षमा याचना मागेको उनले बताए । “मलाई यहाँ सम्म ल्याई पुर्याउन खेलकुद पत्रकारज्यूहरुको ठूलो हात छ । म समस्यामा रहेको बेला उहाँहरुको सुझावलाई संधै मनन गर्ने गरेको छु । उहाँहरुले संघै मलाई मायाँ नै गर्नु भएको छ । आफूले जहिले पनि संधै पोजेटिभ कुरा मात्रै सोच्छु । तर पोष्ट म्याच कन्फेरेन्समा मैले सहयोगको घोषणा गर्नु गलत रहेछ भन्ने रियलाइज गरेको छु । जितको खुसियालीमा घोषणा गरौं भन्ने लागेर नै साँचो मनले गरें तर ठाउँ गलत परेछ ।”

नेपाली टिम संगको सहकार्य भने यस पटकका लागि सकिएको प्रशिक्षक हुमागाईले बताए । उनले भने–“मैत्रीपूर्ण खेल भएका कारणले नै म यहाँ आएको हुँ । नेपाली टिम सम्हाल्न प्रो लाइसेन्स चाहिन्छ । जुन म संग छैन । तर त्यसका लागि एन्फाको सहयोग आवश्यक छ ।” उनले चाँडैनै दक्षिण एशियाली मुलुक भित्र कुनै क्लव संग सहकार्य गर्ने बताए पनि कुन देश र कुन क्लव भन्ने चाँही खुलाएनन् । उनले भने–“देशको सेवा धेरै गर्न मन छ । तर त्यो अवसर यहाँ जुरेको छैन । अव म चाँडै दक्षिण एशियाली राष्ट्र भित्रको कुनै एक टिम सम्हाल्दै छु । त्यसको जानकारी यहाँहरुले छिट्टै पाउनु हुनेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close