
पोखरा स्पोर्टस । पोखरामा गण्डकी प्रदेशस्तरिय सितोरियो करातेको रेफ्रि सेमीनार सुरु भएको छ ।
उक्त प्रशिक्षण प्रदेश खेलकुद परिषद गण्डकीको अयोजना, कास्की जिल्ला सितोरियो संघको ब्यवस्थापन तथा गण्डकी प्रदेश कराते महासंघको समन्वयमा सुरु भएको हो ।

प्रदेशको कराते खेललाई गतिशिल बनाउनका साथै कराते खेलका नयाँ नियमबारे जानकारी दिने उद्धेश्यका साथ सेमीनार आयोजना गरिएको गण्डकी प्रदेश रेफ्रि संयोजक सुरेन्द्र कुमार गुरूडले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
पोखरामा सुरु भएको उक्त सेमीनारको गण्डकी प्रदेशका सांसद प्रकाश बरालले उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै सांसद बरालले आफूले २६ वर्ष देखि खेलकुद संग नजिक रहेर काम गर्ने अवसर प्राप्त भएको बताउँदै खेलकुदका समस्या र खेलाडीका पिडाका बारेमा आफू जानकार रहेको बताए ।
सितेरियो कराते गण्डकी प्रदेशका अध्यक्ष मनि थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कास्की जिल्ला सितोरीयो कराते संघका अध्यक्ष धन लामाले समेत आफ्ना भनाई राखेका थिए ।
असार १५ र १६ जुईदिन चल्ने कार्यक्रममा गण्डकी प्रदेशका मनाड र मिस्ताड बाहेक ९ जिल्लाका १०१ जना सहभागी छन् । सहभागीहरूलाई एकेएफ रेफ्रि राजु महर्जन र गण्डकी प्रदेश रेफ्रि संयोजक सुरेन्द्र कुमार गुरूडले प्रशिक्षण दिने कार्यक्रम तय भएको छ ।
