
पोखरा स्पोर्टस । जननेता मदन भण्डारीको ७२ औं जन्म जयन्तीका अवसरमा पोखरा रंगशालामा वृक्षारोपण गरिएको छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमी कास्कीले सो सन्दर्भ पार्दै वृक्षारोपण गरेको हो । पोखरा रंगशालाई स्वच्छ संगै सुन्दरता बढाउन जन्म जयन्तीको अवसरमा वृक्षारोपण गरिएको मदन भण्डारी स्पोर्टस एकेडेमी कास्कीका अध्यक्ष रामजी प्रसाद अधिकारीले जनाएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधि सभाका सदस्य दामोदर वैरागीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘बहुदलिय जनवाद’ खेलकुदमा संग समेत जोडिएको बताउँदै उनले खेलकुद नितिहरुमा समेत परिमार्जन गर्दै यसको विकासको गतिलाई तिव्र बनाउनु पर्ने बताए ।
सो अवसरमा जिल्ला समन्वय समिति कास्कीका पूर्व अध्यक्ष बयान बहादुर क्षेत्री, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, एकेडेमीका सल्लाहकारहरु तेज बहादुर गुरुङ, दिल बहादुर गुरुङ, हरि बहादुर बरुवाल, केशव थापा, एकेडेमीका केन्द्रिय सदस्य कृष्ण तिमिल्सिना लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा एकेडेमीका केन्द्रिय उपाध्यक्ष एवं गण्डकीका अध्यक्ष राजेश कुमार गुरुङ, कास्कीका उपाध्यक्ष बलराम तिमिल्सिनाले समेत आफ्ना भनाई राखेका थिए ।
सो अवसरमा पोखरा रंगशाला परिसरमा फलफूल लगायत विभिन्न जातका ९० वटा विरुवाहरु रोपिएको अध्यक्ष अधिकारीले पोखरा स्पोर्टसलाई जानकारी दिए । रोपिएका विरुवाहरुको गोडमेल तथा संरक्षण समेत गरिने उनले प्रतिवद्धता जनाएका छन् ।
