
पोखरा स्पोर्टस । लमजुङको बेशीशहरमा आयोजित ‘दोश्रो राष्ट्रव्यापी खुल्ला मिनी म्याराथन (१५ किमि सडक दौड)’ मा नेपाली सेनाले सबै पदक माथी कब्जा जमाएको छ ।

जिल्ला खेलकुद विकास समिति लमजुङ द्वारा आयोजित उक्त प्रतियोगितामा ४५ मिनेट ५४ सेकेण्डमा दौड पुरा गरी गजेन्द्र राइले उपाधि जिते । उनले उपाधि संगै नगद रु ५५ हजार ५ सय ५० मेडल र प्रमाणपत्र हात पारे
त्यसै गरी नेपाली सेनाका रामजी बस्नेत दोश्रो भए । उनले ४६ मिनेट ३० सेकेण्डमा दौड पुरा गरे । उनले नगद रु २५ हजार ५ सय ५० प्राप्त गरे । सेनाकै मोहन देव जोशीले ४७ मिनेट १४ सेकेण्डमा दुरी पार गरी तेश्रो हुन सफल भए । उनले नगद रु १५ हजार ५ ५० प्राप्त गरे ।
प्रतियोगितामा नेपाली सेनाका धावकद्वय सन्जे श्रेष्ठ र प्रेम बहादुर बस्नेतले सान्त्वना स्थान प्राप्त गरे । उनीहरु दुवै जनाले जनही नगद रु १० हजार ५ सय प्राप्त गरेका छन् ।
विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री तथा प्रतिनिधी सभाका सदस्य पृथ्वी सुव्वा गुरुङ, पूर्व सांसद एवं एमाले नेता जमिन्द्रमान घले, वेशी शहर नगर पालिकाका मेयर कमान सिंह अर्याल, सुन्दर बजार नपाकी उपमेयर भवानी केसी लगायतले नगद मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
प्रतियोगितामा विभिन्न जिल्लाका करिव ७० जना धावकहरुको सहभागिता रहेको लमजुङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग बहादुर गुरुङ (कालु)ले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
‘मिनी म्याराथन’ बेंसीसहर नगरपालिकाको सीमा उदिपुर गेटबाट सुन्दरबजार नगरपालिकाको भोटेओडार, बगैंचा, सिउँडीबार, सुन्दरबजार कृषि क्याम्पसको गेट, पाउँदीबाट सिउँडीबार हुँदै पुनः भोटेओडार, कृष्ण बगैंचामा पुगेर समापन भएको थियो ।
