पोखरामा कास्की जिल्लास्तरिय यू–१२ छात्र/छात्रा ह्याण्डबल सुरू

पोखरा स्पोर्टस । पोखरामा कास्की जिल्लास्तरिय यू–१२ छात्र/छात्रा ह्याण्डबल सुरू भएको छ ।

कास्की जिल्ला ह्याण्डबल संघको आयोजना तथा पोखरा महानगर खेलकुद बिकास समितिको सहयोगमा उक्त प्रतियोगिता सुरू भएको हो । उक्त प्रतियोगिताको एक कार्यक्रमका विच पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपक बहादुर गोदारले उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै अध्यक्ष गोदारले ग्रासरुटमा हुने प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुग्ने बताए ।

कास्की ह्याण्डबलका अध्यक्ष चित्र बहादुर थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल ह्याण्डबल संघका सचिव तथा प्रदेश खेलकुद परिषद गण्डकीका बोर्ड सदस्य केशव पाठक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष राजन पौडेल, बक्सिङ संघका अध्यक्ष सुमन श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा कास्की ह्याण्डबलकी उपाध्यक्ष पुष्पा श्रेष्ठ र सचिव टेक बहादुर गुरुङले समेत आफ्ना भनाई राखेका थिए ।

पोखरामा १२ बर्ष मुनिका खेलाडीहरु सहभागि (यू—१२) छात्र/छात्रा अन्तर बिद्यालय ह्याण्डबल प्रतियोगिता बिद्यालयस्तरबाटै खेलकुदको विकास गराउने उद्धेश्यल अनुरुप उक्त प्रतियोगिता गर्न लागिएको संघ कास्कीका अध्यक्ष थापाले जनाएका छन् । प्रतियोगितामा छात्र तर्फ १४ र छात्रा तर्फ १० टिम गरी कुल २४ टिमको सहभागिता रहेको छ । पोखरा रंगशालास्थित ह्याण्डबल एकेडेमीमा सुरु भएको प्रतियोगितामा विजेतालाई शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।

यस अघि विगत ४ बर्ष अघिसम्म निरन्तर १० बर्षसम्म लिटिल स्टेप माविले उक्त प्रतियोगिता गर्दै आएको थियो । कोरोना पश्चात स्थगित भएको उत्त प्रतियोगितालाइ निरन्तरता दिन माग भए बमोजिम संघले संचालन गरेको प्रतियोगिताका संयोजक पदम नेपालीले जानकारी दिए । लिग कम नकआउटका आधारमा सञ्चालन भएको उक्त प्रतियोगिता जेठ २९ गते सम्म सञ्चालन हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close