
पोखरा स्पोर्टस । पोखरामा जारी गण्डकी प्रदेशस्तरिय बास्केटबलमा सेमीफाइनालिष्ट टिमको टुङ्गो लागेको छ ।
प्रदेश खेलकुद परिषदको आयोजना तथा कास्की जिल्ला बास्केटबल संघको व्यवस्थापनमा जारी प्रतियोगितामा सेमीफाइनलमा पुग्ने चार टिमको टुङ्गो लागेको हो । कास्की जिल्ला बास्केटबल संघका सदस्य विष्णु गुरुङका अनुसार कास्की, म्याग्दी, पर्वत र लम्जुङले अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।
भोली (शनिबार) हुने सेमीफाइनलमा कास्कीले म्याग्दीको सामना गर्नेछ भने दोश्रो खेल पर्वतले लम्जुङ विरुद्ध खेल्ने छ ।
शुक्रबार भएको अन्तिम क्वाटरफाइनलमा पर्वतले स्याङलाई ७०–३० को स्कोरले पराजित गर्दा म्याग्दीले तनहुँ विरुद्ध ७२–३५ ले जित निकाल्दै अन्तिम चारमा आफ्नो स्थान पक्का गर्न सफल भयो । त्यस्तै एक अर्को खेलमा कास्कीले गोर्खालाई ६१–२२ को स्कोरले पन्छ्याउँदै सेमीफाइनलमा स्थान बनायो । यता लम्जुङ भने अन्तिम क्वाटरमा बाई पाएर सोझै वाई पाएर सेमीफाइनलमा पुगेको छ ।
प्रतियोगितामा उपाधि विजेता टिमले नगद ६० हजार र उपविजेताले नगद ४० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी दुई सेमीफाइनालिष्ट टिमले जनही नगद १०–१० हजार प्राप्त गर्नेछन् ।
सेमीफाइलका खेल विहान र फाइनल खेल शनिबार दिउसो १ बजे हुने कास्की बास्केटबल संघका अध्यष्क्ष धोज कुमार गुरुङले जानकारी दिए ।