एनएसए कप पौडी : थपिए ४ नयाँ किर्तिमान

पोखरा स्पोर्टस । नेपाल पौडी संघको आयोजनमा भएको ११ औं एनएसए कप पौडी प्रतियोगिताको दोश्रो दिन थप चार किर्तिमान कायम भएका छन् ।

दोश्रो दिन एलेक्सजेन्डर गादेगाद शाहले ५० मिटर र १०० मिटर फ्रिस्टायलमा दुइ किर्तिमान कायम गरेका हुन् । ५० मिटर फ्रि स्टायलमा एलेक्सले विहान हिट चरणमा आफ्नै नाममा रहेको २४.९७ सेकेन्ड समयमा सुधार गर्दै २४.१२ सेकेन्डमा दुरी पुरा गरे ।

उनले फाईनलमा पुनः त्यस समयमा सुधार गर्दै २३.९७ सेकेन्डको नयाँ किर्तिमान कायम गरे । यस्तै १०० मिटरमा एलेक्सले आफ्नो नाममा रहेको ५३.४१ सेकेन्ड समयमा सुधार गर्दै ५२.९६ सेकेन्ड समयका साथ नयाँ किर्तिमान कायम गरेका हुन् ।

यसै गरि १०० मिटर ब्रेष्ट स्ट्रोकामा विकास कुमालले शुभमका नाममा रहेको १ मिनट १०.५९ सेकेन्डलाई विस्थापित गर्दै १ मिनट १०.१४ सेकेन्ड समयलाई आफ्नो नाममा लेखाए । कुमालले हिजो पहिलो दिन दुई किर्तिमान कायम गरेका थिए ।

यस्तै अर्को किर्तिमान नाजिर हुसेनको नाममा रह्यो । आफ्नै नाममा रहकेको ४ मिनट १२.२३ सेकेन्ड समयमा सुधार गर्दै ४ मिनट १२.१७ सेकेन्ड समयको नयाँ किर्तिमान कायम गरे ।

प्रतियोगितामा यु १० तर्फ पुरुषमा मायोन श्रेष्ठ र महिला तर्फ सिसोमबुम राई, ११—१२ तर्फ कल्किन श्रेष्ठ र रोयल प्रजापती, १३-१४ तर्फ अजल काजी ताम्राकार र मेगन गुरुङ्ग, १५-१७ तर्फ अल्भिन महर्जन र रोशा न्यौपाने र खुला तर्फ एलेक्जेन्डर गादेगाद शाह र महिला तर्फ गौरिका सिंह र दुवाना लामा संयुक्त रुपमा उत्कृष्ट खेलाडी घोषित भए । गौरिका र दुवानाको समान अंक भए पश्चात दुवैलाई उत्कृष्ट घोषित गरिएको थियो ।

प्रतियोगितामा निशर्ग बाटिका स्कुल १२३ अंकका साथ प्रथम भयो । दोश्रो स्थानमा स्वस्ती श्री गुरुकुल ९८ अंक र तेश्रो स्थानमा लिङ्कन ५४ अंकका साथ रह्यो ।

बिजयी खेलाडी तथा टिमलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंक लाल घिसिङ्गले मेडल ट्रफी र प्रमाण पत्र प्रदान गरेका थिए ।
उमेर समूहका उत्कृष्ट खेलाडीहरुले नगद ३ हजार र खुला तर्फका खेलाडीले नगद १० हजार प्राप्त गरे । यस्तै किर्तिमान राख्ने खेलाडीहरुले प्रत्येक किर्तिमान बापत ५ हजार नगद प्राप्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close