हिसान दौडमा विकेश र हृदय पहिलो

पोखरा स्पोर्टस । पिनाकल कलेजका विकेश घिमिरे र जय मल्टिपलकी हृदय राई प्रथम हिसान दौडमा सोमबार पहिलो भएका छन् । ब्वाइजमा विकेश र गर्ल्समा हृदय ४ किलोमिटर दूरीको दौडमा पहिलो भएका हुन् ।

हिसान काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित प्रतियोगिताको ब्वाइजमा पिनाकलका निनम राई दोश्रो तथा पिनाकलकै नकुल घर्ती तेश्रो भए । कलेज अफ सेन्ट्रल स्टेटका लक्ष्मण तामाङ चौथो, भेनसका मनोज तामाङ पाँचौं र जोसेफका अमित बोहरा छैटौं भए ।

विश्व वातारण दिवसका अवसरमा आयोजित दौडको गल्र्समा कलेज अफ सेन्ट्रल स्टेटकी अस्मिता तामाङ दोश्रो तथा भेनसकी सुकलामो तामाङ तेश्रो स्थानमा रहे । कलेज अफ सेन्ट्रल स्टेटकी पवित्रा गिरी, सेन्ट लरेन्सकी सुस्मिता राई र जुबिलियन्टकी चाँदनी विष्टले क्रमशः चौथोदेखि छैटौं स्थानमा दौड टुंगाए ।

ब्वाइज/गर्ल्स दुवैमा पहिलो हुनेले १५ हजार, दोश्रोले १० हजार र तेश्रो हुनेले ५ हजार नगर पुरस्कार हात पारे । चौथोदेखि छैटौं हुनेले सान्त्वना स्वरुप जनही १ हजार नगद पुरस्कार प्राप्त गरे ।

विजेतालाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, हिसानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष युवराज शर्मा, हिसान काठमाडौंका अध्यक्ष शिवप्रसाद अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

दौडमा करिब ३ सय प्रतिस्पर्धीले सहभागिता जनाएको हिसान काठमाडौंका कोषाध्यक्ष प्रकाश श्रेष्ठले जानकारी गराए । ‘लेट्स रन टुगेडर फर इन्भाइरोमेन्ट’ नाराका साथ आयोजित दौड थापाथलीस्थित ट्रेड टावरबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी ट्रेड टावरमै आएर टुंगिएको थियो । यस अघि दौडको उद्घाटन खेलकुद मन्त्री लिम्बूले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close