गण्डकी प्रदेशस्तरिय महिला फुटबल नवलपुरमा

पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरिय महिला फुटबल नवलपुरमा हुने भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा जिल्ला खेलकुद विकास समितिको नवलपुरको ब्यवस्थापनमा उक्त प्रतियोगिता आयोजना हुन लागेको हो ।

यहि जेठ २३ गते देखि २५ गते सम्म आयोजना हुने उक्त प्रतियोगितामा प्रदेशका ६ टिमको सहभागिता हुने भएको जिल्ला खेलकुदका अध्यक्ष सेत बहादुर पुनले  एक पत्रकार सम्मेलन मार्फत जानकारी दि जानकारी दिएका छन् ।

प्रतियोगितामा स्याङजा, तनहुँ, लमजुङ, गोर्खा, नवलपुर र बागलुङको सहभागिता हुने छ ।

नवलपुर कावासोती नगरपालिका १७ स्थित गोछडामा हुने प्रतियोगितामा उपाधि बिजेता टिमले नगद ५० हजार, उपविजेतालाई नगद ३० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रादन गरिने अध्यक्ष पुनले बताए । त्यसै गरि दुई सेमीफाइनालिष्ट टिमले सान्त्वान स्वरुप नगद १०÷१० हजार प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडीलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष पुनले बताए ।

सो पत्रकार सम्मेलनमा प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले समग्र प्रदेश खेलकुद विकासका बारेमा जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close