पोखरा रंगशाला हरियाली बनाउने अभियानमा ग्लोबल आइएमई बैंक

पोखरा स्पोर्टस । ग्लोबल आइएमई बैंकले पोखरा रंगशालालाई हरियाली बनाउने अभियानको सुरुवात गरेको छ ।

विश्व वातावरण दिवसको अबसर पारेर ग्लोबल आइएमईले सो कार्यको शुभारम्भ गरेको हो । पोखरा रंगशाला परिसरमा आयोजित एक कार्यक्रमका बिच वृक्षारोपण गरी रंगशाला हरियाली संगै वातावरण मैत्री अभियानलाई अघि बढाएको बैंकका गण्डकी प्रदेश कार्यालय प्रवन्धक नारायण प्रसाद पौडेलले बताए ।

उक्त कार्यक्रम अन्तर्गत सोमबार पोखरा रंगशाला परिशरमा १०४ वटा विभिन्न जातका फलफूल लगायतका विरुवाहरु रोपिएका छन् । नवनिर्मित पोखरा फुटबल स्टेडियमको वरपर ति विरुवाहरु रोपिएको प्रवन्धक पौडेलले जानकारी दिए । उनले भने–“हामी पोखरा रंगशालालाई वातावरण मैत्री बनाउने अभियानमा छौं । आजबाट यो कामको सुरुवात भएको छ । यसले पोखरा रंगशालाको सौन्दर्यता बढाउने छ ।” रोपिएका विरुवाहरुको संरक्षणका लागि बैंकले पहल गर्ने उनले बताए । ।

वृक्षारोपण कार्यक्रमको उद्घाटन ग्लोबल आइएमई बैंक प्रधान कार्यालयकी निकिता भण्डारीले गरेकी थिइन् । उनले देशभरी नै यो अभियान सुरुवात गरिएको सो अवसरमा बताइन् । “हामी वातावरण संरक्षण अभियान कार्यक्रमलाई व्यापकता दिन आज देशभरी नै यो अभियानको शुभारम्भ गरेका छौं”–उनले भनिन् ।

सो अवसरमा पश्चिमाञ्चाल क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, निर्देशक कृष्ण तिमिल्सिना, जिल्ला खेलकुदका कार्यालय प्रमुख डिबी नेपालीलगायत खेलाडी तथा प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा कास्की जिल्लामा रहेका विभिन्न शाखाका प्रवन्धक तथा कर्मचारीहरुको बाक्लो सहभागिता रहेको थियो ।

‘क’ वर्गको ग्लोबल आइएमई बैंकका देशभर ३५७ वटा शाखाहरु रहेका छन् जस मध्ये गण्डकीमा ४५ वटा शाखा रहेका छन् । देशभर ग्लोबल आइएमई बैंकमा ४ हजार २ सय भन्दा बढि कर्मचारीहरु कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close