पोखरामा प्रथम राष्ट्रिय जुनियर तथा खुल्ला फेन्सिङ प्रतियोगिता हुने

पोखरा स्पोर्टस । पोखरामा प्रथम राष्ट्रिय जुनियर तथा खुल्ला फेन्सिङ प्रतियोगिता हुने भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा कास्की जिल्ला फेन्सिङ संघको समन्वयमा उक्त प्रतियोगिता यहि जेठ २६ र २७ गते हुने भएको हो । पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा दुई विभागिय टिम नेपाल आर्मी र शसस्त्र प्रहरीको एपिएफ क्लबसहित कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेश गरी ६ टिमको सहभागिता हुने भएको छ ।

पोखरामा पहिलो पटक आयोजना गर्न लागिएको यो प्रतियोगिता नवौं राष्ट्रिय खेलकुद पछि कै ठूलो प्रतियोगिता रहेको बताउँदै अध्यक्ष शाहीले सबैलाई खेल अवलोकनका साथै प्रतियोगितालाई भब्य रुपमा सम्पन्न गर्न सहयोगको आग्रह गरेका छन् । उनले भने–“कास्कीमा फेन्सिङको इतिहास लामो छैन तर हामीले केही ठूला प्रतियोगिताहरुमा महत्वपूर्ण सफलता प्राप्त गरेका छौं । हामी संग खेल सामाग्रीको अभाव छ । तर हामी संग उत्साह छ । त्यही उत्साहले हामी फेन्सिङ खेल बिकासमा अघि बढेका छौं ।”

प्रतियोगिता अन्तर्गत इपी जुनियर महिला र पुरुषतर्फ गरी छुट्टा छुट्टै इन्डिभिजुअल तथा टिम इभेन्टमा प्रतिस्पर्धा हुने कास्की फेन्सिङका अध्यक्ष बिजय शाहीले जानकारी दिएका छन् । त्यसै गरी खुल्ला फोयल महिला तथा पुरुषतर्फ समेत इन्डिभिजुअल तथा टिम इभेन्टमा प्रतिस्पर्धा हुने गरी तयारी गरिएको उनले जानकारी दिए ।

प्रतियोगितामा इन्डिभिजुअल र टिम इभेन्टमा गरी १० स्वर्ण, १० रजत र ४० कास्य गरी कुल ६० पदकका लागि प्रतिस्पर्धा हुने छ भने बिजेता टिमलाई ट्रफी प्रदान गरिने अध्यक्ष शाहीले जानकारी दिए ।

पोखरामा पहिलो पटक आयोजना गर्न लागिएको यो प्रतियोगिता नवौं राष्ट्रिय खेलकुद पछि कै ठूलो प्रतियोगिता रहेको बताउँदै अध्यक्ष शाहीले सबैलाई खेल अवलोकनका साथै प्रतियोगितालाई भब्य रुपमा सम्पन्न गर्न सहयोगको आग्रह गरेका छन् । उनले भने–“कास्कीमा फेन्सिङको इतिहास लामो छैन तर हामीले केही ठूला प्रतियोगिताहरुमा महत्वपूर्ण सफलता प्राप्त गरेका छौं । हामी संग खेल सामाग्रीको अभाव छ । तर हामी संग उत्साह छ । त्यही उत्साहले हामी फेन्सिङ खेल बिकासमा अघि बढेका छौं ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close