
पोखरा स्पोर्टस । एसियन गेम्सको दोस्रो चरणको छनौट अन्तर्गत आज भएको खेलमा महिला ५० किलो तौल समुहमा नक्सालका शुस्मा तामाङ्गले यच टू ओका अस्मिता दुवाललाई ४ः१ को स्पिलिट डिसिजनको आधारमा पराजित गर्दै दोस्रो चरणको छनौट पार गर्न सफल भएका छन् ।
५४ किलो तौल समुहमाआर्मीकामिनु गुरुङ्गले बक्समाण्डुका अन्जली तेलीलाई ३ः२ को स्पिलिट डिसिजनको आधारमा पराजितगर्दै दोस्रो चरणको छनौट पार गर्न सफल रहेका छन् ।
त्यसै गरी महिला ५७ तौल समुहमा आर्मीका चन्द्रकला थापाले एपीएफका निता तामाङ्गलाई ५ः० को आधारमा पराजित गरे भने ६० किलो तौल समुहमा एपीएफका संगिता सुनारलाई टिएसीका वर्षा श्रेष्ठले वाकओभर दिईन् । त्यसै गरी महिला ६६ किलो तौल समुहमा एपीएफका विनिता थापा मगरले आर्मीका निरु गुरुङ्गलाई ५ः० को युनानिमस डिसिजनमा पराजित गर्दै विजय हासिल गरिन । ७५ किलो तौल समुहमा एपीएफका सरस्वती राना मगरले एपीएफका ामनिता राईलाई ५ः० को युनानिमस डिसिजनको आधारमा पराजित गरिन ।
पुरुषतर्फका खेलहरुमा ५१ किलो तौल समुहमा एनपीसीका चन्द्र थापाले यचटुओका रविनथापालाई ३ः२ को स्पिलिट डिसिजनको आधारमा पराजित गरे । पुरुष ५७ किलो तौल समुहमा एचटूओका बुद्ध ग्याल्मो लामाले बोसीगाँउका सुलभमाली लाई ५ः० को आधारमा पराजित गरे । ६३.५ किलो तौल समुहमा एनपीसीका भुपेन्द्र थापा मगरले जेनेक्सका मौसम राना मगरलाई ५ः० को युनानीमस डिसिजनको आधारमा पराजित गरे ।
७१ किलो तौल समुहमा आर्मीका दिपेश लामाले सुदूरका भरत चन्दलाई ५ः० को युनानिमस डिसिजनको आधारमा पराजित गरे । त्यसै गरी पुरुष ८० किलो तौल समुहमा आर्मीका दिपक श्रेष्ठले बक्समाण्डुमा मनोज तामाङ्गलाई ५ः० को आधारमा पराजित गरे भने पुरुष ९२ किलो तौल समुहमा एपीएफका रविन नेपालले गण्डकीका दिपक सुनवारलाई वाकओभरको डिसिजनको आधारमा पराजित गरे ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले छनोट प्रतिस्पर्धाको अवलोकन गरेका थिए । उक्त अवसरमा नेपाल बक्सिङ्ग संघका अध्यक्ष राम अवाले, तालिम तथा प्रशिक्षण विभागका निर्देषक एवम मुख्य प्रशिक्षक प्रचण्ड शर्मा तथा तालिम तथा प्रशिक्षण विभागका उपनिर्देषक एवम ओलम्पियन विष्णु बहादुर सिंह लगायतको उपस्थिति रहेको थियो ।