विन्ध्यवासिनी मास्टर्स खुला टेबलटेनिस प्रतियोगिता सम्पन्न (फोटो फिचर)

पोखरा स्पोर्टस । पोखरामा तिन दिन देखि जारी विन्ध्यवासिनी मास्टर्स खुला टेबलटेनिस प्रतियोगिता सम्पन्न भएको छ । सोमबार सम्पन्न प्रतियोगितामा बिजेता खेलाडीहरुलाई नगद, ट्रफी, पदक तथा प्रमाणपत्र वितरण गरिएको हो ।

प्रतियोगितामा बिजेता खेलाडीहरुलाई अखिल नेपाल टेबुल टेनिस संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका कार्यकारी निर्देशक चतुरानन्दराज बैद्य, वडा नं २ का अध्यक्ष दिवशमान प्रधानाङ्ग, वडा नं ९ का अध्यक्ष दिप्न्द्र मर्सानी, वडा नं ७ का अध्यक्ष राम मोहन अचार्य, कास्की टेनिसका अध्यक्ष उत्तम जोशीलगायतले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

सो अवसरमा बोल्दै अखिल नेपाल टेबुल टेनिस संघका अध्यक्ष बैद्यले संघ नेपालमा टेबुल टेनिस खेलको विकासको लागि प्रतिवद्ध रहेको बताए । उनले खेलाडी उत्पादनका लागि प्रशिक्षण महत्वपूर्ण पाटो रहेको उल्लेख गर्दै संघले प्रशिक्षकहरुको उत्पादन र विकासमा समेत उत्तिकै प्रमुखताका साथ अघि बढाण्ने बताए । नेपालमा टेबुल टेनिस खेल बिकासका लागि सबैको सहकार्य र सहयोगका लागि उनले आग्रह समेत गरे ।

पोखरा महानगरपालिका वडा २ को सहयोग सम्पन्न भएको प्रतियोगितामा सिंगल्सतर्फ कास्कीकी त्रिशा गुरुङले स्वर्ण जितेकी छन् । फाइनलमा त्रिशाले कास्कीकी प्रजिता मुदभानीलाई ११–५, ११–५ र ११–६ को सोझो सेटमा पराजित गरिन् । कास्कीकै सक्रिय पोखरेल र राजश्री अधिकारी तेश्रो भए । मेन्स सिंगल्समा किङ्स टिटिले सबै उपाधिमा कब्जा जमाएको छ । सुमन शाक्यले स्वर्ण, मुकेश महर्जनले रजत, राजिभ महर्जन र संघरत्न डंगोलले तेश्रो हुँदै कास्य पदक जिते ।

भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा इकाछेन स्पोर्ट्स क्लबका राजेन्द्र वज्राचार्यले स्वर्ण, खोल्चा पुखुका नदिमरत्न शाक्यले रजत तथा ललितपुर टीटी क्लबका प्रकाश धाक्वा र च्यासल युथ क्लबका किरण ब्यञ्जनकारले कांस्य जिते । प्रतियोगिताको भेट्रान ६० वर्षमाथि पुरुष सिंगल्समा रिभाइभ हेल्थ क्लबका सुमन खड्गीले स्वर्ण जितेका छन् । कास्कीका उत्तम जोशी दोश्रो तथा लोभ गुरुङ र दिल निशान पुन तेश्रो भए ।

प्रतियोगिताको पुरुष डबल्समा किङ्स टीटीका मुकेश महर्जन र राजीव महर्जन पहिलो, खोल्चा पुखुका नदिमरत्न शाक्य र राजीप वज्राचार्य दोश्रो, इकाछेन स्पोर्ट्स क्लबका राजेन्द्र वज्राचार्य र किरण ब्यञ्जनकार तथा किङ्स टीटीका संघरत्न डंगोल र सुरजसिंह महर्जनको जोडी तेश्रो भए । त्यसै गरी प्लेट च्याम्पियनसिपमा कास्कीका किशान जिशी विजयी भए । उनले फाइनलमा ललितपुर टिटि क्लबका निम जोशी लाई पराजित गरे । कास्कीका रविन्द्र कडेल र रिभाइभ क्लबका सुनिल शाक्य तेश्रो भए ।

प्रतियोगितामा पुरुष ४० वर्षमाथि, ५० वर्षमाथि, ६० वर्षमाथि र डबल्स गरी ४ स्पर्धामा प्रतिस्पर्धा भएको प्रतियोगिता संयोजक राकेश महर्जनले जनाएका छन् । ४० वर्ष र ५० वर्ष माथीको स्पर्धाका विजेताले १० हजार, उपविजेताले ५ हजार र तेश्रो हुनेले २ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे ।

स्ट्याग च्याम्पियन्स टेबलटेनिसको आयोजनामा भएको  प्रतियोगितामा विभिन्न ८ जिल्लाका १ सय ६ खेलाडी सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close