
पोखरा स्पोर्टस । काठमाण्डौमा सम्पन्न काभा महिला भलिबल च्यालेन्ज कपमा भारत च्याम्पियन भएको छ ।
आज भएको फाइनल खेलमा भारतले काजाकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन भएको हो । काजाकिस्तान विरुद्ध एकपक्षीय प्रदर्शन गरेको भारतले पहिलो सेट २५–१५ दोश्रो सेट २५–२२ र तेश्रो सेट २५–१८ ले जित निकाल्दै च्याम्पियन हुँदै उपाधि जितेको छ ।
यता प्रतियोगितामा पाच उत्कृष्ट विद्या मध्ये नेपाली टिमकी सलिना महर्जन उत्कृष्ट लिबेरो हुन सफल भएकी छन् । नेपाल टिम भने उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै तेश्रो स्थान प्राप्त गरेको छ ।
मष्ट भेलुयबेलको उपाधि भारतकी निर्मला भएकी छन् भने वेष्ट सेटर भारतकी जिनी भएकी छन् ।