डेभिस कपका लागि पोखराका अभिषेक र प्रदिप छनोट हुन सफल

पोखरा स्पोर्टस । डेभिस कपका लागि पोखराका अभिषेक बाँस्तोला र प्रदिप खड्कासहित ४ टेनिस खेलाडी छनोट हुन सफल भएका छन् ।

अक्टोबर २३ देखि २८ तारिखसम्म बहराइनमा हुने डेभिस कपका लागि ४ पुरुष खेलाडी छनोट भएको नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका हुन् ।

छनोटमा परेका अभिषेक विश्व टेनिस बरियतामा १९७० औं स्थानमा छन् भने प्रदिप नेपालका विगत चार वर्ष देखि नं १ खेलाडी हुन् । प्रदिप संग १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा कास्य पदक जितेको अनुभव छ । उनी कुनै पनि विदेशी मुलुकमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पटक सहभागिता हुनेछन् । यता अभिषेक अमेरीकामा बसेर टेनिसखेल जिवनलाई अघि बढाइरहेका छन् । 

छनोट भएका अन्य पुरुष खेलाडीहरुमा अकी जुवेन रावत र ऋतिक राणा रहेका छन् ।

बिली जिन कपका लागि महिला खेलाडीको छनोट प्रतिस्पर्धा जुनको तेश्रो साता सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा गर्ने सचिव देवकोटाले जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close