
पोखरा स्पोर्टस । काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले तेस्रो स्थान प्राप्त गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबार सम्पन्न खेलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै नेपाल तेस्रो भएको हो ।
तेस्रो स्थानका लागि भएको खेलमा खेलमा पहिलो सेट २५–२० ले गुमाएको नेपालले त्यसपछिका तीन सेटमा लगातार जित निकाल्न सफल भयो ।
दोस्रो सेटमा उज्वेकिस्तानलाई २५–१६ ले पछि पारेको नेपालले तेस्रो र चौथो सेट २५–१५ र २५–१३ को जित निकाल्दै तेस्रो स्थान प्राप्त गर्यो ।
सेमिफाइनलमा नेपाल काजकिस्तानसँग ३–२ को सेटमा पराजित हुँदै उपाधिबाट बाहिरिएको थियो भने उज्वेकिस्तान भारतसँग सोझो सेटमा पराजित भएको थियो ।