
पोखरा स्पोर्टस । बाकु २०२३ वर्ल्ड तेक्वान्दो च्याम्पियनसिपमा सहभागि हुने नेपाली टोली बुधबार बिदाई गरिएको छ ।
यहि जेष्ठ १५ देखि २१ गतेसम्म अजरवैजानको बाकु शहरमा सञ्चालन हुने टोलीलाई यूवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुूले बिदाई गरेका हुन् । मन्त्री लिम्बुूले जितको शुभकामना व्यक्त गर्दै सहभागी खेलाडी तथा प्रशिक्षकलाई खादामाला सहित बिदाई गरे ।
सहभागी हुने नेपाली राष्ट्रिय तेक्वान्दो टिमका खेलाडीहरु पुरुष तर्फ वीर बहादुर महरा (–६८ केजी), निरज देउबा (–८७ केजी), गोविन्द बहादुर आले (–६३ केजी) र सुमित विष्ट (–५४ केजी) रहेकाछन् ।
महिला तर्फ इन्दिरा बस्नेत (–६७ केजी), आयशा लामा (–५३ केजी) काजल श्रेष्ठ (–४९ केजी) र युनिशा राई (–४६ केजी) रहेकाछन् ।
प्रशिक्षकमा बब्लु शिवाकोटी र निशा रावल सहभागी छन् ।
विदाई कार्यक्रममा नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणा, उपाध्यक्ष भान बहादुर चन्द, महाुसचिब दिपराज गुरुङ्ग र केन्द्रीय सदस्य कुमार लामा घिसिङ्ग लगायत उपस्थिति रहेको थियो ।