तेक्वान्दोकी काजललाई २ लाख सहयोग

पोखरा स्पोर्टस । १३ औँ दक्षिण एशियाली खेलकी स्वर्णपदक विजेता तेक्वान्दो खेलाडी काजल श्रेष्ठलाई नगद रु २ लाख सहयोग पाएकी छन् ।

सिन्धुपाल्चोक जिल्ला लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष एवं खेलकुदप्रेमी राजु लामाले गाउँपालिकाको तर्फबाट नेपाल तेक्वान्दो संघको केन्द्रीय कार्यालयमा आयोजना भएको एक कार्यक्रममा काजल श्रेष्ठलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

सोही अवसरमा सिन्धुपाल्चोक जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रेम भण्डारीले काजल श्रेष्ठलाई नगद रु.१५ हजार सहयोग गरे ।

सो अवसरमा अध्यक्ष लामाले खेलाडीहरुलाई हौसला प्रदान गर्ने मनसायले सो रकम सहयोग गरेको बताए ।

नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङ्गले सहयोगका लागि धन्यवाद व्यक्त गर्दै स्थानीय निकायबाट नै स्वयम् जनप्रतिनिधिहरु उपस्थित भई यसप्रकारको सहयोग गर्दा खेलाडीहरुको हौसला अझै उच्च हुने कुरा व्यक्त गर्दै अब गाउँपालिका तथा नगरपालिकाबाट समेत खेल क्षेत्र र खेलाडीहरुको उत्साह र प्रोत्सहानका लागि अनुरोध गरे ।

सिन्धुपाल्चोक जिल्लामा जन्मेर तेक्वान्दो खेललाई अंगाल्दैआईरहेकी राष्ट्रिय खेलाडी काजलले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा आफ्नो उत्कृष्ट प्रदर्शन र उपलब्धी हासिल गर्दै आईरहेकी छन् ।

काजल यही मिति २०८० साल जेष्ठ १५ देखि २१ गतेसम्म अजरवैजानको बाकु शहरमा आयोजना हुने वर्ल्ड च्याम्पियनसिपमा  सहभागिता जनाउन भोलि विहिबार अजरवैजान प्रस्थान गर्दैछिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close