काभा महिला भलिबल च्यालेन्ज कप : समुहमा नेपाल उपबिजेतामा सिमिति

पोखरा स्पोर्टस । नेपाल भलिबल संघद्वारा आयोजित एनएससी—काभा महिला भलिबल च्यालेन्ज २०२३ मा नेपाल आफ्नो समुहमा उपविजेतामा सिमित भएको छ ।

आज भएको प्रतियोगितामा प्रतियोगिताकै बलियो मानिएको भारत संग नेपाल ३—१ ले पराजित हुर्दै समुहमा उपविजेतामा खुम्चिएको हो । समूह ‘ए’ को अन्तिम खेलमा नेपाल भारत संग २५–१२, २६–२४, २०–२५ र २५–२१ ले पराजित भएको हो । अब नेपालले सेमिफाईनलमा समूह ‘बि’ को बिजेता काजाकास्तान संग प्रतिस्पर्धा गर्नेछ ।

अर्को खेलमा काजाकिस्तानले उज्वेकिस्तानलाई ३—१ को सेटमा पराजित गर्‍यो । पहिलो सेट २४–२६ ले गुमाएको काजाकले खेलमा फर्कदै लगातार २५–१६, २५–११, २५–१८ ले आफ्नो पक्षमा पार्दै जित हात पारेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close