पोखरा महानगर वडा स्तरिय फुटबलमा १४ र १५ उपाधि नजिक

पोखरा स्पोर्टस/तस्विरः योगेन्द्र श्रेष्ठ । पोखरा महानगर वडा स्तरिय फुटबलकोफाइनलमा वडा नं.१४ र १५ उपाधि नजिक पुगेका छन् ।

पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत बुधबार भएको सेमिफाइनल खेलमा वडा नं १५ ले ३० लाई २–१ ले १४ ले २७ लाई ४–० गोल अन्तरले पराजित गर्दे उपाधि नजिक पुगेका हुन् ।

पोखरा रंगशालामा भएको खेलको ३८ औ मिनेटमा १५ का टिम क्याप्टेन विशाल गुरुङले गोलको खाता खोलेका थिए । मन्जित थापाले डिबक्स भित्रबाट दिएको बललाई उनले जाली चुमाएका हुन ।

खेलको १५ औ मिनेटमा वडा नं.३० का उतम जङ्ग राणाले वान भर्सेस वान बललाई सहि दिशा दिन नसक्दा गोलको खाता खोल्न सकेन । खेलको ४१ औ मिनेटमा ३० का सागर गौतमले गोल गर्देै खेल बराबरीमा पु¥याएका थिए ।

अतिरिक्त समयमा १५ का सचिन भण्डारीले हानेको कर्नरलाई अनमार्क रहेका सिर्जन रञ्जितले दोस्रो बार चेप्दै फस्र्ट टचमा हानेको बल गोलमा परिणत भयो ।

त्यस्तै बुधबार नै भएको दोस्रो खेलमा वडा नं.१४ ले २७ लाई ४–० गोल अन्तरले पराजित गर्दे फाइनलमा प्रवेश गरेको छ ।

खेलको १७ औ मिनेटमा आशिष कार्कीले गोल गर्दै आफ्ना टिमका लागि गोलको खाता खोलेका थिए । खेलको २६ औ मिनेटमा उनै कार्कीले दोस्रो गोल गरे ।

वडा नं.२७ ले खेलमा फर्कने प्रयास गरे पनि पाएको अवसरलाई गोलमा परिणत गर्न सकेन । खेलको ३९ औ र ४२ औ मिनेटमा १४ का नरेन गुरुङले थप दुई गोल गर्दे फाइनलको यात्रा पक्का बनाए ।

फाइनल खेल भोलि बिहिबार पोखरा रंगशालाको खेल मैदानमा ११ बजे हुने प्रतियोगिता व्यवस्थापन समितिका सदस्य नर बहादुर गुरुङले जानकारी दिए ।

प्रतियोगितामा विजेता टिमले नगद १ लाख ५० हजार र उपविजेताले नगद १ लाखका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यसै गरी सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार र अन्य विद्यागत उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट फवार्ड हुनेले जनही नगद ५ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने समितिका सदस्य सचिव सुवास खड्काले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close