पोखरा महानगर वडा स्तरिय फुटबल : १५, ३०, १४ र २७ सेमीफाइनलमा

पोखरा स्पोर्टस/ तस्विरः योगेन्द्र श्रेष्ठ। पोखरामा जारी पोखरा महानगर वडा स्तरिय फुटबलमा १५, ३०, १४ र २७ सेमीफाइनलमा प्रवेश गरेका छन् ।

पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा पोखरा रंगशालामा आज क्वाटर फाइनलका खेलहरु सम्पन्न भए संगै सेमीफाइनलमा पुग्ने टिमको टुङो लागेको हो । आज भएको पहिलो क्वाटरफाइनलमा वडा नं १५ ले १३ लाई विशाल गुरुङको दुई गोलको मद्धतले ४–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको छ ।

खेलमा विशालले १० औं मिनेटमा गोलको खाता खोल्दै १३ लाई सुरुवाती दबाबमा राखेका थिए । उनले खेलको ३८ औं मिनेटमा दोश्रो गोल गरे । १५ का लागि राहुल थापाले खेलको २४ औं मिनेट र मनजित थापाले ७५ औं मिनेटमा गोल गर्दै टिमका लागि जित सुनिश्चित गरे । यता १३ का लागि एक मात्र गोल ३७ औं मिनेटमा प्रविन गुरुङले गरेका थिए ।

यस्तै अर्को एक खेलमा वडा नं ३० ले वडा नं ८ लाई ३–२ गोलले पराजित गर्दै सेमीफाइनलमा वडा नं १५ संग आफ्नो भेट पक्का गरेको छ । खेलको चौथो मिनेटमा नै ३० का लागि पुकार तामाङले गोल गर्दै ८ लाई दबाबमा राखे । खेलको १३ औं मिनेटमा ८ का सुजु कुंवरले आत्मघाति गोल गर्दा विपक्षी टिम थप बलियो बन्यो । ३८ औं मिनेटमा ८ का लागि सुन्दर महतले गोल गर्दै वडा नं ८ को आश जगाए । लगतै ४४ औं मिनेटमा सुजु कुंवरले टिमका लागि गोल गर्दै खेललाई बराबरीमा ल्याए । ३० का प्रतिम थापाले ४६ औं मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बन्न पुग्यो ।

यसै गरी तेश्रो सेमीफाइनलमा १४ ले ३२ विरुद्ध २–० गोलले विजयी भएको छ । १४ का लागि ३८ औं मिनेटमा आनन्द रेग्मी र ४२ औं मिनेटमा आशिष कार्कीले गोल गर्दै टिमलाई सेमीफाइनलमा पुर्‍याए ।

यस्तै वडा नं २७ ले २४ लाई ४–३ गोलले पराजित गरी सेमीफाइनलमा पुगेको छ । निर्धारित समय ७० मिनेटमा ३–३ गोलको बराबरीमा सकिएको खेलमा थपिएको समयमा सन्देश राज तिमिल्सिनाले गोल गर्दै अन्तिम चारमा आफ्नो टिमलाई पुर्‍याए । २७ का लागि अपिल गुरुङले खेलको १३ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । ३७ मिनेटमा नै अपिलले दोश्रो गोल थपे ।

६० औं मिनेटमा शंकर केसीले गोल गर्दै २–१ स्थितीमा पुर्‍याए भने २७ का लागि ६३ औं मिनेटमा रोशन गुरुङले गोल गरे । २४ का लागि ७१ औं मिनेटमा २४ का लागि सफल कार्कीले गोल गरी खेल पुनः बराबरीमा ल्याए तर थपिएको समयको अन्तिम चौथो मिनेटमा सन्देशको गोल जितका लागि प्रयाप्त बन्यो ।

बुधबार पहिलो सेमीफाइनल खेलमा वडा नं १५ ले ३० का विरुद्ध खेल्ने छ भने दोश्रो खेल १४ का विरुद्ध २७ का विच हुने प्रतियोगिता व्यवस्थापन समितिका सदस्य नर बहादुर गुरुङले जानकारी दिए ।

प्रतियोगितामा विजेता टिमले नगद १ लाख ५० हजार र उपविजेताले नगद १ लाखका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार र अन्य विद्यागत उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट फवार्ड हुनेले जनही नगद ५ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताले स्थानियस्तरमा खेलाडी उत्पादन संगै फुटबल विकासका लागि सहयोग पुग्ने अपेक्षा गरिएको समितिका अध्यक्ष दिपक गोदारले जनाएका छन् । प्रतियोगिता सम्पन्न गर्न ९ लाख खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिता यहि जेठ ११ गते सम्म सञ्चालन हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close