अरण्यज्योति कप टी–२० को उपाधि तनहुँको पेलिकेण्ट्सले जित्यो

पोखरा स्पोर्टस । अरण्यज्योति क्रिकेट क्लबको आयोजनामा पोखरामा सम्पन्न लुम्बिनी विकास बैंक अरण्यज्योति कप–२०८० को उपाधी पेलिक्याण्टस् क्रिकेट क्लव, तनहुँले जितेको छ । सोमबार पोखरा रंगशालामा भएको फाइनल खेलमा आयोजक अरण्यज्योतीलाई ६९ रनले पराजित गर्र्दै तनहुँले उपाधी आफ्नों पोल्टामा पारेको हो ।

खेलमा पहिला व्याटिङ गरेको तनहुँले पुरा २० ओभरमा ४ विकेट गुमाएर १ सय ८८ रनको विशाल योगफल तयार पा¥यो । तनहुँको पारीमा प्रतिक श्रेष्ठले ५८, इशान पाण्डेले ४० तथा इश्वर क्षेत्रीले ३८ रनको योगदान दिए । अरण्यज्योतीका बलरहरु अमरसिंह राउटेला र विद्यान श्रेष्ठले समान २–२ विकेट लिए ।

प्रत्युत्तरमा अरण्यज्योतीको पारी १ सय १९ रनमा समेटिएको थियो । प्रतियोगितामा अरण्यज्योतीका अमरसिंह राउटेला म्यान अफ द सिरिज तथा वेष्ट व्याट्स्म्यान भए । युनिस विक्रम सिंह बेष्ट बलर बन्दा प्रतिक श्रेष्ठ म्यान अफ द फाइनल भए । जितसंगै तनहुँले नगद ८० हजार सहित ट्रफि पुरस्कार पाउँदा अरण्यज्योतीले नगद ४० हजार सहित ट्रफि पुरस्कार प्राप्त ग¥यो । सर्वोत्कृष्ट खेलाडीले ५ हजार तथा अन्य उत्कृष्ट खेलाडीले नगद २५ सय पुरस्कार पाए ।

विजयी खेलाडीहरुलाई लुम्बिनी विकास बैंकका सञ्चालक रामचन्द्र सिग्देल, नेपाल क्रिकेट संघका सदस्य क्रषिराम गौतम, प्रदेश क्रिकेट संघ गण्डकीका अध्यक्ष देवेन्सन प्रजु, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देललगायतले पुरस्कार वितरण गरे ।

आयोजक क्लवका अध्यक्ष कमल मगरले प्रतियोगिता सफल पार्न विभिन्न क्षेत्रबाट सहयोग गर्ने सहयोगीहरुप्रति आभार व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close