गण्डकी प्रदेशस्तरिय टि–२० क्रिकेट प्रतियोगिता जेठ १४ गते सुरु हुने

पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरिय टि–२० पुरुष क्रिकेट प्रतियोगिता यहि जेठ १४ गते पोखरा रंगशालामा सुरु हुने भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश क्रिकेट संघको समन्वयमा जेठ २० गते सम्म प्रतियोगिता सञ्चालन हुने भएको हो । प्रतियोगितामा विभिन्न ८ जिल्लाको सहभागिता हुने कार्यक्रमका संयोजक एवं प्रदेश खेलकुदका कार्यकारी सदस्य ऋषीराम गौतमले जानकारी दिएका छन् ।

प्रतियोगितामा कास्की, तनहुँ, नवलपुर, गोर्खा, पर्वत, स्याङजा, बागलुङ र म्याग्दीको सहभागिता रहनेछ ।

प्रतियोगितामा उपाधि बिजेता टिमले नगद १ लाख र उपविजेता हुने टिमले नगद ५० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा म्यान अफ दि सिरिज हुनेलाई नगद ४ हजार, वेष्ट बलर र वेष्ट व्याट्स्म्यानलाई जनही नगद रु २ हजारका साथै खेलमा म्यान अफ दि म्याचलाई नगद रु २ हजार प्रदान गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close