पोखरा महानगर वडास्तरिय फुटबल प्रतियोगिता जारी

पोखरा स्पोर्टस । पोखरा महानगरपालिका वडा स्तरिय फुटबल प्रतियोगिता आइतबार दोश्रो दिन पनि जारी रहेको छ ।

पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भएको प्रतियोगिता अन्तर्गत पहिलो चरणका सम्पूर्ण खेलहरु पुरा भएका छन् । पोखरा रंगशाला र गोस्तेघाट खेल मैदानमा आइतबार कुल ७ खेलहरु सम्पन्न भएको प्रतियोगिता व्यवस्थापन समितिका सदस्य नर बहादुर गुरुङले पोखरा स्पोर्टलाई जानकारी दिए ।

पोखरा रंगशालामा भएका तिन खेलमा वडा नं ३३, १४ र १२ ले आ–आफ्नो खेल जित्दै प्रिक्वार्टरमा प्रवेश गरेका छन् । आजको पहिलो खेलमा वडा नं ३३ ले २९ लाई १–० ले पराजित गर्दा १४ ले १६ लाई ६–१ ले तथा १२ ले वडा नं ९ लाई १०–० को भारी गोल अन्तरले पराजित गरेको छ ।

त्यसैगरी गोष्तेघाटमा सञ्चालन भएको खेलमा वडा नं ३२, ६ र २४ विजयी भए । खेलमा वडा नं ३२ ले १८ लाई ४–० ले पाखा लगाउदा ६ ले १७ लाई २–० ले र २४ ले २० लाई ४–० ले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेको छ । एक अर्को खेलमा वडा नं २७ ले वडा नं २ लाई पराजित गरेको छ । 

प्रतियोगितामा विजेता टिमले नगद १ लाख ५० हजार र उपविजेताले नगद १ लाखका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार र अन्य विद्यागत उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट फवार्ड हुनेले जनही नगद ५ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताले स्थानियस्तरमा खेलाडी उत्पादन संगै फुटबल विकासका लागि सहयोग पुग्ने अपेक्षा गरिएको समितिका अध्यक्ष दिपक गोदारले जनाएका छन् । प्रतियोगिता सम्पन्न गर्न ९ लाख खर्च  हुने आयोजकले जनाएको छ । यहि जेठ ११ गते सम्म सञ्चालन हुने प्रतियोगितामा ३० वडाहरुको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close